नेप्सेद्वारा जीवन विकास र एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

१६ चैत्र २०७९, बिहीबार १६:०२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम जीवन विकास लघुवित्तको शेयरमूल्य १५६६ रुपैयाँका आधारमा नेप्सेले १४.२८५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य १३७० रुपैयाँ २६ पैसा कायम गरेको छ ।

त्यस्तै, एनएमबि लघुवित्तको ५६० रुपैयाँका आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ५०९ रुपैयाँ ९ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आइतबार यी दुवै संस्थाको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*