स्वस्तिक लघुवित्तले सार्वजनिक गर्यो दोस्रौ त्रैमासिक वित्तीय विवरण, नाफा ८४ प्रतिशतले घट्यो

१७ चैत्र २०७९, शुक्रबार १०:४२

काठमाडौैं । स्वस्तिक लघुवित्त वित्तीय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने बेला बल्ल दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरणअनुसार लघुवित्तले दोस्रो त्रैमाससम्म १३ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो खुद नाफा गत वर्षको भन्दा ८४% ले थोरै हो । गत वर्ष यसले ८६ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा यसको खुद ब्याज आम्दानी २९.१८% ले घटेर १ करोड ५१ लाख रुपैयाँमा झरेको छ ।

गत वर्ष यसले २ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो त्रैमासम्म आइपुग्दा कम्पनीको सञ्चालन नोक्सान १२ लाख ९६ हजार रुपैयाँ नोक्सानमा रहेको छ । यसले गर्दा स्वस्तिकको नाफा घट्न गएको हो । गत वर्ष कम्पनीले १ करोड ४ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

हाल यसको चुक्ता पुँजी ३ करोड ४६ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा २ करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीले खराब कर्जा पनि १.५०% बाट बढेर ७.८४% भएको छ । स्वस्तिकले अहिलेसम्म आइपीओ निस्कासन गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*