जीवन विकास लघुवित्तमा संचालक इन्द्र नारायणको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?

काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने जीवन विकास लघुवित्त संस्थामा सबैभन्दा बढी संस्थापक संचालक इन्द्र नारायण देव वैश्यको लगानी रहेको छ । संस्थामा उनको मात्रै ०.८२२ प्रतिशत अर्थात् कुल ८५ हजार कित्ता शेयर स्वामित्वमा रहेको छ ।
एक अर्ब ३ करोड चुक्तापुँजी रहेको जीवन विकास लघुवित्त संस्थामा दोस्रो बढी शेयर स्वामित्व हुनेमा संचालक श्यामचन्द्र खतिवडा रहेको छ । उनको संस्थामा ०.७८१ प्रतिशत अर्थात् ८० हजार ७५० कित्ता शेयर स्वामित्वमा रहेको छ ।
त्यस्तै, अर्का शेयरधनी प्रकाश कुमार श्रेष्ठको ८ हजार ७२१ कित्ता शेयर स्वामित्वमा रहेको छ भने सर्वसाधारण शेयरनीहरुतर्फ गोकर्ण खतिवडाको १ हजार १६९ कित्ता र अशोक सिटौलाको १८७ कित्ता शेयर स्वामित्वमा रहेको छ ।
साथै यता व्यवस्थापन पदाधिकारीहरु अन्तर्गत संस्थामा प्रमुख कार्यकारी अधिकृत (सिइओ) संजय कुमार मण्डलको ४६ हजार १५५ कित्ता शेयर स्वामित्वमा रहेको छ । त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीको ५५ हजार २५० कित्ता शेयर स्वामित्वमा रहेको छ ।