नियम विपरित उधारो बीमा व्यवसाय गरेका १२ बीमा कम्पनीमाथि कारवाही गर्ने प्राधिकरणको निर्णय, जनही २ लाख जरिवाना

रिना खत्री
१७ चैत्र २०७९, शुक्रबार १२:२१

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कारर्वाहीमा १६ मध्ये १२ निर्जिवन बीमा कम्पनीहरु कारवाहीमा पर्ने भएका छन्। प्राधिकरणको निर्देशन विपरित उधारो बीमा पोलिसीमा सरिक भएका यी बीमकहरुलाई कारवाही गर्ने भएको स्रोतले जनाएको छ।

वर्षेनी आम्दानीलाई मात्र लक्ष्य बनाएर अघि बढिरहेका बीमा कम्पनी उधारो पोलिसी जारी गरेर त्रैमासिक वित्तिय विवरणमा अघि बढ्ने होडबाजी नै चलेको छ। कम्पनी ऐन विपरीत उधारो बीमा गर्ने चेकमार्फत् प्राप्त हुने बीमा शुल्क खातामा प्राप्त नभई बीमालेख जारी देखाएको कारण १२ बीमा कम्पनीहरुलाई कारवाही गर्न लागिएको स्रोतले जनाएको छ।

हाल मात्रै दुई इन्स्योरेन्स कम्पनीले नियमविपरीत उधारो बीमा पोलिसी बिक्रि गरेको भेटिएको थियो। ती दुवैलाई बीमा प्राधिकरणले कारबाही गरिसकेको छ । बीमा कम्पनीहरुले नियम मिचेर काम नगरेको नयाँ भने होइन। व्यवसायमा रुपमा मात्र केन्द्रित भएर बीमा कम्पनीहरु प्राधिकरणको आँखा छल्दै आईरहेका छन् ।

प्राधिकरणले कम्पनीको गत माघ महिनामा गरेको स्थलगत निरिक्षणको क्रममा बीमा कम्पनीहरुमा उधारो बीमा पोलिसी ज्यूका त्यू नै रहेको भन्दै नगद जरीवाना सहितको कारवाही गर्ने तयारी भईरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । दुई कम्पनीलाई नगद जरिवाना लगाईसकेको छ, बाँकीलाई पनि कारर्वाही गर्ने तयारीमा रहेको उनले बताए ।

बीमकलाई बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) बमोजिम बीमाशुल्क नलिई बीमालेख जारी गरेको, दावी भुक्तानी गर्दा बीमा नियमावली, २०४९ को नियम ३२ तथा दावी भुक्तानी मार्गदर्शन, २०७६ को दफा ७ विपरीत कार्य गरेको, मोटर बीमादर निर्देशिका, २०७३ तथा निक्षेप बीमाको बीमा शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुनेगरी कम बीमाशुल्क लिई बीमा गरेमा कारर्वाही हुने व्यवस्था रहेको छ ।पहिलो पटकका लागि २ लाख (दुई लाख मात्र) जरीवाना गर्ने निर्णय भएको हो ,’ जसको कारण पनि कम्पनीहरु सर्तक हुन्छ कि भन्ने आश गरिएको अध्यक्ष सिलवालले बताए । यसअघिको व्यवस्था अनुसार प्राधिकरणले थोरै नगद जरिवाना गरेको भन्दै कम्पनीहरुले बारम्बार गलती दोह्राउदै आईरहेका थिए ।

 

पुरानो बीमा ऐन २०४९ अनुसार बीमा समितिबाट चलिरह्नु परेको भएको कारण १० हजार रुपैयाँ जरिवाना त हो भन्ने बीमकहरुलाई थियो । नयाँ बीमा ऐन २०७९ को नयाँ ऐन आएसँगै बीमा कम्पनीहरु थप सर्तक देखिएको प्राधिकरणका एक अधिकारीले बताए । कम्पनीलाई क्रमश जरिवाना गर्ने तयारीमा प्राधिकरण रहेको छ ।

मर्जरपश्चात् १६ कम्पनीमा झरेको कम्पनीहरुमध्ये १२ कम्पनी कारर्वाहीमा पर्ने भएको हो । चार कम्पनीले भने बीमा प्राधिकरणको निर्णय विरुद्ध उधारोमा बीमा पोलिसी बिक्रि गरेको छैन ।
ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, हिमालयन एभरेष्ट र राष्ट्रिय बीमा कम्पनी यी चार कम्पनी भने उधारो बीमाको कारर्वाहीमा नपर्ने भएको छ। उधारो बीमा शून्य हुने कम्पनीहरुमा एनएलजी इन्स्योरेन्स पनि रहेको सो कम्पनीले जनाएको छ । बाँकि अन्य सबै कम्पनीहरु जनही दुई लाख रुपैयाँ नगद जरिवानाको कारवार्हीमा पर्ने छन् ।

बीमा कम्पनीहरुले राम्रो पर्फर्मेन्स देखाउनका लागि पनि त्रैमासको अन्त्यमा वा आर्थिक वर्षको अन्त्यमा बढी उधारो बीमा गर्ने गरेको पाइन्छ । जोखिम बहन वापतको पैसा बीमकले प्राप्त नै नगरी बीमा लेख बिक्री गर्दा भविष्यमा यसले बीमा सम्बन्धी नराम्रो सन्देश जानुका साथै दुर्घटना समेत निम्त्याउने हुँदा प्राधिकरणले उधारो बीमामा कडाई गरेको थियो ।

प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरुले आफ्नो बैंक खातामा बीमाशुल्क बापतको रकम प्राप्त भएको बैंक स्टेटमेन्टमा देखिएपछि मात्र बीमालेख जारी गर्न सक्नेछन् । यदि उधारोमा नै बीमा गरेको खण्डमा कम्पनीलाई कारर्वाहीका साथै दण्ड जरिवानाका साथै लाभांशमा रोक लगाउने व्यव्स्था समेत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*