जाजरकोटको भेरी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न

१९ चैत्र २०७९, आईतवार ०७:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले जाजरकोटको भेरी नगरपालिकामा बीमा सचेचतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

भेरी नगरपालिका जाजरकोटका मेयर चन्द्र प्रकाश घर्तीको प्रमुख आतिथ्यमा बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीको सभापतित्वमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।


जाजरकोटमा रहेका स्थानीय बैंक, बीमा कम्पनीका प्रतिनिधि, स्थानीयबासी र जनप्रतिनिधिहरु सहभागी कार्यक्रममा बीमाको दावी भुक्तानीका अप्ठेरा विषयहरुमा कुराकानी भएको थियो । त्यस्तै, कार्यक्रममा मेयर घर्तीले बीमा जनताको आवश्यकता सेवा भएकोले बीमाको दायरा बृद्धि गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*