तीन लघुबीमा कम्पनीले ७५ करोड चुक्ता पुँजि जुटाउन सकेनन्, म्याद थप गरेर लाइसेन्स जोगाउन चलखेल

१९ चैत्र २०७९, आईतवार १९:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनैतिक रुपमा वितरण गरेको लघुबीमाको लाइसेन्स सङ्कटमा परेको छ । कूल ७ वटा लघुबीमा कम्पनीको लाइसेन्स दिन सूचना आह्वान गरेको नेपाल बीमा प्राधिकरणले सेटिङ छनौट गरेका ७ वटा लघुबीमा कम्पनी मध्ये तीन वटा लघुबीमा कम्पनीले तोकिएको ७५ करोड चुक्ता पुँजि जुटाउन सफल भएका छन् । 


बाँकी तीन वटा लघु बीमा कम्पनीले पुँजि जुटाउन नसकेपछि लघुबीमाको लाइसेन्स संकटमा परेको छ । बीमा प्राधिकरणले तोकिएको चुक्ता पुँजी जम्मा गर्न दिएको ४५ दिनको समय आजबाट सकिएको एक सातापछि म्याद थप गरेर लाइसेन्स जोगाई दिन खोजेको छ । प्राधिकरणले चुक्ता पुँजि जम्मा गर्न दिएको म्याद यही चैत्र ७ गतेबाट सकिइसकेको छ । सकिँदासम्म स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजि जम्मा गर्न असफल भएका छन् ।  


नेपाल बीमा प्राधिकरणले ७ वटै लघुबीमा कम्पनीलाई एओआई दिइसकेपछि मापदण्ड अनुसार ७५ करोड रुपैयाँ चुक्ता पुँजि जम्मा गर्न २०७९ माघ २२ गते ४५ दिनको समय दिएर ७५ करोड रुपैयाँ चुक्ता पुँजि बैंकमा जम्मा गर्न पत्राचार गरेको थियो । उल्लेखित मितिभित्र जम्मा चार वटा लघुबीमा कम्पनीले मात्रै तोकिएको चुक्ता पुँजी जम्मा गर्न सफल भएका छन् । बाँकी तीन वटा लघुबीमा कम्पनी असफल भएका हुन् । 


बीमा प्राधिकरणले पुँजि जुटाउन नसकेका कम्पनीहरूको लाइसेन्स जोगाउन पुनः म्याद थप गर्ने निर्णय गर्ने तयारी गरिरहेको छ । नियम कानुनको परिपालना बाहेक सबैथोक हुने नेपाल बीमा प्राधिकरणले नियम अनुसार चुक्ता पुँजि जुटाउन नसक्ने लघु बीमा कम्पनीको लाइसेन्स कसरी, कुन दफामा टेकेर जोगाइन्छ त्यो प्रतीक्षाको विषय बनेको छ । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*