नेपाल लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२० चैत्र २०७९, सोमबार १५:५६

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले मधेश प्रदेश अन्र्तगत सिराहाको लहानमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम समपन्न गरेको छ ।

नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवको सभापतित्वमा सुरु भएको कार्यक्रमा प्रमुख अतिथि प्रतिनिधि सभा सासंद एवं पुर्व मन्त्री लिलानाथ श्रेष्ठ, विशिष्ठ अतिथि प्रदेश सासंद ललिता दास, विशिष्ठ अतिथि पुर्व उप सभामुख एवं पुर्व मन्त्री चित्रलेखा यादव, अतिथि महुली लघुवित्त वित्तीय संस्था लि. कार्यकारी प्रमुख गंगाधर पाण्डे, अतिथि समाज लघुवित्त वित्तीय संस्था लि. कार्यकारी प्रमुख किसोरी महत्तो लगाएत २६ वटा लघुवित्त वित्तीय संस्थाका प्रदेश प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख सदस्यहरु, कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

करिब १००० जना लघुवित्तका सेवाग्राही सदस्यहरु सहभागीतामा वित्तीय साक्षरता जनचेतनामूलक ¥याली लहान चोक बाट सुरु भई लहान बजार परिक्रमा गर्दै गोपाल सदनमा औपचारी कार्यक्रमका विच समापन भएको थियो । सेवाग्राही सदस्यहरुले ¥यालीमा लघुवित्त हामीलाई चाहिन्छ, कर्जाको सदुपयोगिता गरौं, लघुवित्तको व्याजदर १५ प्रतिशत हो, भ्रामक समाचारको भर नपरौं जस्ता नारा लगाएका थिए ।

औपचारीक कार्यक्रमको सत्रमा बोल्दै महुली लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्ंडेले लघुवित्तको बर्तमान अवस्था, बचतको महत्व, कुल कर्जा लगानी, कुल बचत, कुल कर्मचारी संख्या, महिला उद्यमशीलतामा लघुवित्तले गरेका महत्वपूर्ण कामहरु, लघुवित्तको कर्जा मिनाहामा गरिएका भ्रामक टिप्पण्ी तथा समुहहरुको बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सेवाग्राही सदस्यहरु प्रमिला साह, सन्जु कुमारी सिंह लगाएतले लघुवित्तबाट कर्जा तथा बचत कारोबार गरेर संर्घष गर्दै उद्यमी भएको कथाहरु भनेका थिए । सेवाग्राही सदस्यहरुले आफ्नो कुराहरु राख्ने क्रममा भावुक हुँदै कसैले केहि नपत्याउने अवस्थामा लघुवित्तले कर्जा लगानी गरेको र वर्तमान अवस्थामा समेत लघुवित्त बिना अगाडी बढ्न नसक्ने बताउदै अरुहरुलाई पनि कर्जा सदुपयोगीता गर्न, आम्दानी अनुसारको खर्च गर्न सुझाव दिएका थिए ।

मन्तव्यको क्रममा प्रदेश सासंद ललिता दासले लघुवित्त महिलाहरुको साथी तथा उन्नतीको प्रमुख तत्व रहेको बताउदै अनावश्यक भ्रामक समाचार तथा समुहमा नलाग्न बताएकी थिइन् । उनले महिलाहरुको समपतिको नाममा अहिले पनि केहि नरेको र लघुवित्तको विना धितो कर्जा तथा बचतको कारोबारले आर्थिक उन्नती भएको देख्न नसक्नेहरुले नै अनावश्यक भ्रामक समाचारहरु फैलाएको बताएकी थिइन् ।

कार्यक्रममा बोल्दै उप(सभामुख एवं पुर्व मन्त्री चित्रलेखा यादवले महिलाहरु बोल्न पनि नसक्ने अवस्थामा लघुवित्तले महिला नेतृत्वको विकास गरेकोमा खुशि व्यक्त गरिन । विना धितो कर्जा, बचत गर्ने बानिको बिकास गर्न सिकाउने संस्था नराम्रो हुन सक्दैन भन्दै अनावश्यक कर्जा मिनाह लगाएतको हल्लामा नलाग्न साथै लिएको कर्जा सदुपयोगीता गर्दै उद्यमशीलहुन सेवाग्राही सदस्यहरुलाई आग्रह गरेकी थिइन् । उनले महिलाको आर्थिक सबलिकरण भएको देख्न नसक्नेहरुले अनावश्यक हल्ला तथा भ्रामक समाभर फैलाएको बताएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सासंद एवंम पुर्व मन्त्री लिलानाथ श्रेष्ठले देशको आर्थिक अवस्था एकदमै कमजोर रहेको बताउदै यस्तो अवस्था कस्ता समुह सक्रिय रहेको हो ? भन्ने प्रश्न गर्दै आफ्नो जिम्मेवारी बाट सबै पछि हटे देश दुर्घटनामा जाने तर्फ संकेत गर्दै कानुनमै नभएको कर्जा मिनाह लगाएतको भ्रामक समाचार तथा समुहहरुको पछि नलाग्न सुझाएका थिए । उनले समस्या संस्थाको केही निति नियममा भए सम्बन्धित संस्था सँग छलफल गर्न सुझवव दिदैं, जिम्मेवार बन्न आग्रह गरेका थिए ।

कार्यक्रमको समापनमा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवले कर्जा मिनाहा हुदैन् भ्रामक समुह तथा समाचरहरुको पछि लाग्दा सेवाग्राही सदस्यहरु दलदलमा फस्ने तर्फ सचेत गराएका थिए । उनले लघुवित्तले १५ प्रतिशत भन्दा धेरै र १.५ सेवा शुल्क भन्दा धेरै शुल्क नलिएको भन्दै अनावश्यक समाचार प्रति आपति जनाएका थिए । कार्यक्रमा बोल्दै उनले अनावश्यक भ्रम फैलाउनेहरुलाई कारर्वाहीको माग गर्दै सेवाग्राही सदस्यहरुलाई वास्तविक समस्या भए संस्थालाई बताउन सुझाव दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*