नेशनल लाइफ इन्स्योरेन्सले माग्यो मार्केटिङ म्यानेजरदेखि डेपुटी सिइओ पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

२२ चैत्र २०७९, बुधबार ११:०३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसरदेखि डेपुटी महाप्रबन्धक तथा डेपुटी सिईओसम्मका पदहरुमा आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सूचना अनुसार राजधानीभित्र तथा मोफसलमा काम गर्ने गरी नयाँ कर्मचारी भर्ना गर्न आवेदन खुल्ला गरेको हो ।

कम्पनीले डेपुटी सिईओ तथा डेपुटी महाप्रबन्धक पदमा आजदेखि आवेदन खुल्ला गरेको छ । सूचना अनुसार सहायक महाप्रबन्धक, उप महाप्रबन्धक तथा डेपुटी सिईओ पदमा आवेदन खुल्ला गरेको हो । बाणिज्य विषयमा स्नातकोत्तर गरेकाले उक्त पदमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

सूचना प्रकाशित भएको ७ दिनभित्रमा नतिजा दिनसक्ने, बहुआयामिक र क्षमतायुक्त उम्मेदवारहरुलाई आवेदन दिन आह्वान गरिएको छ । कम्पनीले उक्त पदहरुमा आवेदन दिँदा नियामकीय योग्यता समेतलाई आधार बनाउन भनेको छ । पाँच वर्ष बीमा क्षेत्रमा काम गरेका अनुभवीहरुले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको एचआर विभागले खुल्ला गरेको आवेदनमा काठमाडौं बाहिरका दर्जनबढि जिल्लामा मार्केटिङ म्यानेजर तथा अफिसरहरु माग गरिएको छ । त्यस्तै, आन्तरिक अडिट प्रयोजनका लागि अटिरहरुको समेत दरखास्त बुझाउन सूचना जारी गरेको हो ।

कम्पनीले मार्केटिङ पदमा स्नातक वा १२ उत्तिर्ण भई अनुभव भएकाहरुलाई आवेदन दिन भनिएको हो । उक्त पदहरुमा समयसीमा तोकिएको छैन । अर्थात पहिले आउनेले प्राथमिकता पाउनेछन् ।

इच्छुक उम्मेदवारले कम्पनीको इमेल   [email protected]   अर्थात कर्पोरेट कार्यालय, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् । साथै आवेदन पोष्ट ब.नं ४३३२ मा पठाउन सकिने कम्पनीले जनाएको छ । आवेदन दिन कुनै समस्या परेमा ९८०१९१६०१७ मा पवन श्रेष्ठलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*