नेपाल राष्ट्र बैंकले खुलायो रोजगारको अवसर

२३ चैत्र २०७९, बिहीबार १४:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारको अवसर खुलाएको छ । केन्द्रीय बैंकले रिक्त रहेको तथ्याङ्कशास्त्री (अधिकृत तृतीय सरह) पदका लागि दुईजना करारमा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि बैंकले मान्यता प्राप्त विश्वविद्यालयबाट तथ्याङ्कशास्त्र विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत २९ गतेसम्म अनलाइन दरखास्त फाराम पेश गर्न सक्नेछन् ।

छ महिने करार अवधीको सो पदमा कार्य सम्पादनको आधारमा नविकरण हुने सूचनामा जनाइएको छ । आवेदन दिन इच्छुक योग्यता पुगोके व्यक्तिले https://jobs.nrb.org.np/ मार्फत अनलाईनबाटै आवेदन दिनुपर्नेछ ।

 

May be an illustration

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*