नबिल बैंकद्वारा एक ग्राहकको खातामा बढी रकम जम्मा, फिर्ता गर्न १५ दिने अल्टिमेटम

२६ चैत्र २०७९, आईतवार १०:५२

काठमाडौं । नबिल बैंक लिमिटेडको बैकिङ्ग सेवा कारोबारमा लापारबाही देखिएको छ । बैंकको सातदोबाटो शाखाले एक ग्राहकको खातामा जम्मा गर्नुपर्ने भन्दा बढी रकम जम्मा गरेको पाइएको हो ।

बैंकले एक सूचना प्रकाशित गर्दै निज ब्यक्तिलाई उक्त रकम फिर्ता गर्न अल्टिमेटम दिएको छ । बैंकले निजको खातामा भूलवश जम्मा हुन गएको बाँकी रकम फिर्ता तिर्न बुझाउन बैंकबाट पटक पटक सम्पर्क गर्दा समेत नतिरि नबुझाई आलटाल गरेको बताएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १५ ताल्चिखेल बस्ने सम्झना सुब्बाको खातामा बैंकको सातदोबाटो शाखाले निजको खातामा बढी रकम जम्मा गरेको हो । साथै बैंकले निज सुब्बालाई १५ दिनभित्र आफुले तिर्न बुझाउन बाँकी रहेको रकम तिर्न बुझाउन अनुरोध गरेको छ ।

तोकिएको समयभित्र उक्त रकम नबुझाएमा बाँकी रकम असुलीको लागि प्रचलित कानून बमोजिम कारबाही अगाडी बढाइने र निजको अन्य चल अचल सम्पत्तिबाट समेत बाँकी रकम असुल गरिने बैंकले जनाएको छ ।

बैंकले झुक्किएर निजको खातामा २२ लाख रुपैयाँ जम्मा गरिदिएको थियो । सो रकम मध्ये उनले १२ लाख रुपैयाँ खर्च गरिसकेको र बाँकी रकम रकम बैंकलाई फिर्ता गरिसकेको निज सुब्बाले बताइन् । साथै उनले बाँकी रहेको रकम विस्तारै तिर्ने विमापोष्टलाई जानकारी दिइन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*