७ मध्ये दुई लघुबीमा कम्पनीलाई लाईसेन्स दिने बीमा प्राधिकरणको निर्णय

२७ चैत्र २०७९, सोमबार १०:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिन आवेदन माग गरेकोमा दुई वटा लघुबीमा कम्पनीलाई लाईसेन्स उपलब्ध गराएको छ । आइतबार बसेको नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकले बिराटनगर कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र भरतपुर चितवनमा कार्यालय रहने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

आवश्यक पूर्वाधार पूरा गर्ने दुई वटा बीमा कम्पनीलाई लाईसेन्स दिने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । अब उक्त दुई कम्पनीले आगामी छ महिनाभित्रमा कारोबार सुरु गर्नुपर्नेछ ।

कूल ७ वटा लघुबीमाको लाइसेन्स वितरण गर्न एलओआई दिइएकोमा चार वटाले मात्रै चुक्ता पुँजि जम्मा गर्न सकेका छन् । बाँकी तीन वटाले चुक्ता पुँजि नै जुटाउन असफल भएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*