बीमा प्राधिकरणद्धारा पर्याप्त छलफल र अध्ययनबिना नै लघुबीमा निर्देशिका पारित, हचुवाको भरमा थ्रेसहोल्ड निर्धारण

२७ चैत्र २०७९, सोमबार १२:१४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पर्याप्त अध्ययन र छलफल बिना नै लघु बीमा निर्देशिका पारित गरेको छ । प्राधिकरणको हिजो बसेको सञ्चालक समितिको बैठकले लघुबीमा निर्देशिका पारित गरेको हो ।
नेपालमा पहिलो पटक सुरु हुन लागेको लघुबीमाको लागि आवश्यक मापदण्ड निर्धारण, व्यवसायको प्रकृत्ति निर्धारण सम्बन्धमा पर्याप्त छलफल बिना नै लघुबीमा निर्देशिका पारित गरेको हो । प्राधिकरणले गोप्य रुपमा अघि बढाएको लघुबीमा निर्देशिका हिजोको बैठकले पारित गरेको हो । सो निर्देशिकामाथि सञ्चालकहरुले समेत पर्याप्त छलफल गर्न नपाएको गुनासो गरेका छन् ।

हिजोको बैठकले उक्त निर्देशिका पारित गर्नुअघि सञ्चालक मध्येका एक कपिदेव ओली विगत तीन दिनदेखि बीमा अभिकर्ताहरुको चुनावमा व्यस्त थिए । ७२ घण्टा बीमा अभिकर्ताहरुको निर्वाचनमा खटिएका ओली हिजो साँझ बसुन्धारास्थित निर्वाचनस्थलबाट सिधैं प्राधिकरण पुगेका थिए ।

आइतबारका लागि तोकिएको प्राधिकरण सञ्चालक समितिको बैठकले हाटहुट गरेर लघुबीमा निर्देशिका पारित गरेको जनाइएको छ ।

लघुबीमा निर्देशिका सम्बन्धमा बौद्धिक तहमा छलफल गरेको थाहा नभएको बीमा विज्ञ डा. रविन्द्र घिमिरेले बताए । बीमा प्राधिकरणमा लामो समयसम्म सल्लाहकारको भूमिका रहेका बीमाविज्ञ भोजराज शर्माले पनि लघुबीमाको मापदण्ड बनाउने सम्बन्धमा कुनै छलफल नभएको प्रतिक्रिया दिएका छन् । कम्पनीहरुको स्वार्थ अनुकूल ऐन बनाएर लाभ लिने आरोप लाग्दै आएको बीमा प्राधिकरणले अध्ययन र पर्याप्त छलफल बिना नै लघुबीमा निर्देशिका पारित गरेको गुनासो हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुको गुनासो छ । एक जीवन बीमा कम्पनीका सिईओले प्राधिकरणले आफूहरुसँग छलफल नगरेको र लघुबीमा निर्देशिका अध्ययनमा आधारित नभएको प्रतिक्रिया दिएका छन् ।

प्राधिकरणले पारित गरेको लघुबीमा सम्बन्धी निर्देशिका अनुसार लघु जीवन बीमा कम्पनीले ५ लाख रुपैयाँ बीमाङ्क सम्मको व्यवसाय गर्न पाउने भएका छन् । त्यस्तै, त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले ५० लाख रुपैयाँ बीमाङ्कसम्मको व्यवसाय गर्न पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*