नेपाल बीमा प्राधिकरणबाट चार लघुबीमा कम्पनीले पाए लाईसेन्स, कुन-कुनले पाए?

२८ चैत्र २०७९, मंगलवार १७:५७

काठमाडौं । चार लघुबीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले लाइसेन्सको स्वीकृती दिएको छ । आईतबार दुई कम्पनी र आज दुई कम्पनी गरि बीमा प्राधिकरणले पुँजि पुराएका चार लघुबीमा कम्पनीलाई लाईसेन्सको स्वीकृती दिएको हो ।

दुई निर्जिवन बीमातर्फ र दुई जीवन तर्फ गरि चार लघुबीमा कम्पनीले बीमा प्राधिकरणबाट स्वीकृती पाएको हो । तीन लघुबीमा कम्पनीले पुँजिको विवरण बीमा प्राधिकरणमा पेश गरेको छैन । तीन कम्पनीलार्य पुँजि पुराउन बीमा प्राधिकरणले ४५ दिनको समय दिएको छ ।

प्राधिकरणले आज सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी र धनगढीको प्रोटेक्टिभ माईक्रो कम्पनीलाई लाईसेन्सको स्वीकृती दिएको हो ।बीमा प्राधिकरणबाट लघुबीमा कम्पनी बीमा प्राधिकरणको आज बसेको संचाचलक समितिको बैठकले क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनी लाई लाइसेन्स दिने निर्णय गरेको हो ।

आवश्यक पूर्वधार पूरा गरेको हुँदा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको प्राधिकरणले जनाएको छ। अब उक्त दुई कम्पनीले आगामी छ महिनाभित्र कारोबार सुरु गनुपर्नेछ ।बीमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिन आवेदन माग गरेकोमा चारवटा लघुबीमा कम्पनीलाई लाईसेन्स उपलब्ध गराएको छ ।

यसअघि प्राधिकरणले बिराटनगर कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र भरतपुर चितवनमा कार्यालय रहने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिईसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*