आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गर्ने जीवन बीमा कम्पनीहरुलाई कारवाही गर्दै बीमा प्राधिकरण

३० चैत्र २०७९, बिहीबार १२:२५

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले नियमविपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गरेको भन्दै जीवन बीमा कम्पनीहरुलाई कारवाही गर्ने भएको छ।

बीमा प्राधिकरणले गरेको आन्तरिक निरिक्षणको क्रममा जीवन बीमा कम्पनीहरुले अन्डरराईटिङ नै नगरेको पाइएको कारण यी कम्पनीहरुलाई प्राधिकरणले कारवाहीको प्रकृया अघि बढाउन लागिएको हो । यसअघि बीमा प्राधिकरणले यस्ता बीमा पोलिसीको प्रकृया अघि नबढाउन बीमा कमपनीहरुलाई सचेत पत्र समेत पठाएको थियो ।

माघको दोस्रो सातामा गरिएको कम्पनी निरिक्षणको क्रममा जीवन बीमा कम्पनीहरुमा प्राधिकरणको नियम विपरित काम भेटिएको कारण बेला बेलामा सचेत गराँउदा पनि कम्पनीहरुले नमानेपछि कम्पनीले कारवाही गर्ने भएको हो ।

कम्पनीले तीन जीवन बीमा कम्पनीलाई भने नगद जरिवानामा लगाईसकेको छ।जनही २ लाख रुपैयाँ प्रति कम्पनी कारवाही गर्ने तयारीमा रहेको ।छ यी कम्पनीहरुलाई बीमा प्राधिकरणको २०७९ को ऐन अनुसार जरिवाना तिराउने तयारी भईरहेको प्राधिकरणका एक अधिकारीले बताए ।

निरिक्षणको क्रममा जीवन बीमा कम्पनीहरुमा बीमितको आम्दानीको स्रोत नै नखुलाई ठूलो रकम प्रिमियमको बीमा गराएको पाइएको कारण ती कम्पनीहरुलार्य सचेत पत्र पठाइएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*