बीमा दावी भुक्तानी बुझेका १५९ फर्म तथा व्यक्तिले २८ करोड ७२ लाख आम्दानीमा कर छली, छानविन गर्न निर्देशन

३० चैत्र २०७९, बिहीबार १८:२८

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६० औं बार्षिक प्रतिवेदनमा नेपाली बीमा कम्पनीबाट दावी भुक्तानी लिएका १५९ वटा फर्म तथा व्यक्तिले बीमा दावी भुक्तानी बापत बुझिलिएको २८ करोड ७२ लाख ११ हजार रुपैयाँको आय कर नबुझाएको तथ्य उजागर भएको छ ।

बीमा कम्पनीहरुले खुलेआम कर छली गरेको सम्बन्धमा अख्तियारकै निर्देशन उल्लंघन गरेको बीमा प्राधिकरणले बीमकबाट दावी भुक्तानी बापत बुझिलैजाने व्यक्तिको कर छली सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्नुपर्ने दायित्व थपिने भएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा १५९ वटा करदातालेले दावी भुक्तानी बापत प्राप्त रकमको कर नतिरी राज्यलाई ठगी गरेको उल्लेख गरेको छ ।

महालेखा परिक्षकको कार्यालयका अनुसार पोखरा, बाग्लुङ, बीरगन्ज, भक्तपुर, विराटनगर समेत देशका २२ वटा आन्तरिक राजश्व कार्यालयमा आबद्ध करदाताले २८ करोड भन्दा बढि रकम बीमा दावी भुक्तानी बापत बुझिलिए पनि कर नतिरेको उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*