बीमा प्राधिकरणका कर्मचारीले बुझाएनन् आयकर, पौने चार करोड रुपैयाँको पुनः कर निर्धारण गर्न महालेखाको निर्देशन

३० चैत्र २०७९, बिहीबार १८:४३

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुले आयकर पूर्ण रुपमा भुक्तानी नगरेको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ ।

प्राधिकरणको लेखा प्रणाली प्रभावकारी नभएको महालेखाको प्रतिवेदनमा औल्याइएको छ । सो आधारमा प्राधिकरणका लेखा, चार्टर्ड एकाउन्टेन्टको नैतिकतामाथि प्रश्न चिन्ह उठेको छ । विद्यमान लेखामानको सिद्धान्त अनुसार कर्मचारीले बुझिलिएको सबै प्रकारको सुविधाको स्ल्याबमा गणना गरी कर निर्धारण गर्नुपर्नेमा खर्च भएको कूल १० करोड ३४ लाख ४७ हजार मध्ये तीन करोड ७२ लाख ८५ हजार रुपैयाँको कर नतिरी छली गरेको निष्कर्ष महालेखाको प्रतिवेदनमा औल्याइएको छ ।

 

सो आधारमा अब प्राधिकरणका कर्मचारीहरुले गत वर्ष प्राधिकरणबाट प्राप्त गरेको कूल सुविधालाई तलब स्केलको स्ल्याब अनुसार कर र सोमा लाग्ने जरिवनासहित बुझाउनुपर्ने भएको छ ।
महालेखाले बीमा प्राधिकरणका कर्मचारीलाई आयकर ऐन २०५८ को दफा ८ विपरितको सुविधा दिएको निष्कर्ष निकालेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*