हिजोका विकृति भुलौं, नविनतम् प्रविधि र फराकिलो सोचका साथ बीमाको दीगो विकासमा अघि बढौंः अध्यक्ष सिलवाल

३० चैत्र २०७९, बिहीबार १९:२८

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका लागि बीमा कम्पनीहरू नवीनतम् प्रविधि र दूरगामी सोचका साथ सकारात्मक रूपले अगाडि बढ्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा नेपाल बीमा प्राधिकरणद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीका सिईओहरुलाई यस्तो बताएका हुन् ।
अन्य दिनभन्दा निकै नरम रुपमा प्रस्तुत भएका अध्यक्ष सिलवालले भने, ‘बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणको मात्र नभई बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैको साझा प्रयास हुनुपर्छ, बीमा कम्पनीहरू बीमाप्रतिको विश्वास बढ्नेगरी जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्छ, आम नागरिकमा बीमाको पहुँच पुर्याउने एकमात्र लक्ष्यका साथ काम गर्नुपर्छ ।’

बीमा क्षेत्रमा प्राप्त उपलब्धीहरूलाई दीगो बनाउने गरी स्वच्छ प्रतिस्पर्धाका साथ बीमा कम्पनीहरू अघि बढ्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरूले बीमाका फाइदाका बारेमा आम जनतालाई बुझाउन सक्नुप¥यो, पूँजीको सही परिचालन गर्नुपर्यो, सर्वसाधारणले बुझ्ने गरी बीमालेख ल्याउनुपर्यो, शाखा तथा उपशाखा कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुप¥यो, बजार अनुसन्धानमालगानी गर्नुप¥यो, नागरिकले खोजेको परिवर्तन अनुसार अगाडि बढ्नुपर्यो ।”

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्ला वर्षहरूमा बीमाको पहुँच उल्लेख्यरूपले बढ्दै गएर ४४ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा बीमाको पहुँच पुगेको उल्लेख गर्दै बीमा कम्पनीहरूले आम नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जीवन बीमक संघका तर्फबाट अध्यक्ष पोषकराज पौडेल, पूर्व अध्यक्ष निर्मलकाजी श्रेष्ठ, रमेश कुमार भट्टराई, दिनेशलाल श्रेष्ठ र नेपाल बीमक संघको तर्फबाट चंकी क्षेत्री, बीरेन्द्र बैदवार, अशोक खड्काले शुभकामना व्यक्त गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*