मुना भण्डारीले जन्मदिनमा पाईन आइएमई लाइफको बीमा पोलिसी उपहार

२ बैशाख २०८०, शनिबार २०:०९

विराटनगर । जन्मदिनको अवसरमा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ । जन्मदिन, बार्षिकोत्सव, न्वारानमा बीमा पोलिसी उपहार दिने चलनले देशमा बीमाको पहुँच बृद्धिमा केही न केही योगदान पुर्याएकै छ ।

यसैक्रममा सुनसरी– २०, तरहरा निवासी तेज प्रसाद सुवेदीले आफ्नी श्रीमाती मुना भण्डारीलाई जन्मदिनको अवसरमा २० लाख रुपैयाँको आइएमई लाइफको सरल सावधिक जिवन बीमा पोलिसी खरिद गरेर हस्तान्तरण गरेका छन् । उक्त पोलिसी आइएमई लाईफ तरहरा शाखा प्रमुख गान्धी तामाङमार्फत हस्तान्तरण गरिएको हो ।

मुना भण्डारीले जन्मदिनमा पोलिसी उपहार पाउदा आफु खुशीले दंग भएको अनुभूति राख्दै बीमा पोलिसी उपहारले पाउँदा आफू, श्रीमान र आफ्ना सन्तानको समेत भविष्य थप सुनिश्चित भएको अनुभूति बताईन् । साथै आइएमई लाइफबाट जीवन बीमाबारे थप सचेतना प्राप्त गरी बीमाबारे थप जानकारी प्राप्त भएको बताईन् ।

जन्म दिनमा अन्य महंगा उपहारको साटो श्रीमतीको जीवन बीमा सम्बन्धी उपयुक्त पोलिसी खरिद गरी हस्तान्तरण गर्दा खासै ठूलो आर्थिक भार समते अनुभूति नगरेको उपहार दिने तेज प्रसाद सुवेदीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*