काभ्रेमा सम्पन्न चामुण्डामाई जात्रामा प्रभु लाइफको सहयोग

२ बैशाख २०८०, शनिबार २०:३४

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरी सो जात्रा सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गरेको छ । विगत २० वर्षदेखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग गरेको हो ।

प्रत्यक्ष रुपमा जात्रामा सहभागी हुनेहरुका लागि प्रभु लाइफका तर्फबाट टिसर्ट प्रदान गरी सहयोग गरिएको थियो । प्रभु लाइफले स्थानीय समुदायहरुसँग सहकार्य गर्दै यस्ता जात्रा, पर्व एवं संस्कृतीको जगेर्नामा सहयोग गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

हाम्रा मौलिक जात्रा, पर्वहरु हाम्रा सम्पत्ती एवं पहिचान हुन्, त्यसैले यस्ता कार्यमा हातेमालो गर्न पाउनु गर्वको विषय हो, कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जात्रा समिति संयोजक रविनसन श्रेष्ठले प्रभु लाइफले जात्रालाई विशेष सहयोग गरी जात्रा, महोत्सवलाई महत्वका साथ लिएकोमा हार्दिक धन्यवाद ज्ञापन गरे । विगतमा भक्तपुरकै जात्रालाई मानेर आएकोमा २० वर्ष अघिबाट नालामा आफ्नै जात्रा सुरु गरिएको संयोजक श्रेष्ठले बताए । नालामा रहेका नेवार समुदायलाई समेटेर जात्रा सुरु गरिएको र हाल यो जात्राले छुट्टै पहिचान एवं महत्व बोकेको छ, संयोजक श्रेष्ठले प्रष्ट पारेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*