प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा ‘सुप्रबल जनसेवाश्री’ पदकबाट सम्मानित

४ बैशाख २०८०, सोमबार १३:१३

काठमाडौं । प्रभु  इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा ‘सुप्रबल जनसेवाश्री’ मानपदबीदारा विभुषित भएकि छिन् । अध्यक्ष लामाले लामो समयदेखि बीमा क्षेत्रमा गरेको योगदानको कदर गर्दै नयाँ वर्षको पहिलो दिन (बैशाख १) गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सुप्रबल जनसेवाश्री’ पदक प्रदान गरी सम्मान गरेका हुन् ।

बीमा क्षेत्रमा लामो अनुभव संगालेकि लामाले बीमा क्षेत्रको विकासमा ठुलो भुमिका निर्वाह गरेकि छिन् । उक्त पदकबाट अध्यक्ष लामा सम्मानित भएपश्चात कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले पनि शुभकामना व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*