बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने म्याद थप गर्ने प्राधिकरणको निर्णय

४ बैशाख २०८०, सोमबार २०:१७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी नपुर्याउने बीमा कम्पनीलाई समय थप गर्ने भएको छ। बीमा प्राधिकरणको संचालक समितिको बैठकले चैत मसान्तसम्ममा तोकिएको पुँजी नपुर्याउने कम्पनीहरुको पुँजि थप गर्ने निणर्य भएको बताए। बीमा प्राधिकरणले असार मसान्तसम्मको समय थप गरेको हो ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकिएको न्यूनतम पुँजी पुर्याउन कम्पनीहरुलाई केही निश्चित समय दिईने बताए । प्रयास गरिरह्नु भएको छ । हतारमा कारवाहीको दायरा अघि बढाउदैनै केही समय दिएका छौ ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवत्ता राजुरमण पौडेलले असार मसान्तसम्ममा अपरिकृष्त मुनाफालाई हेरेर पुँजि कम्पनीको एक आर्थिक बर्षको नाफा हेरेर थप प्रकृया अघि बढाउन लागिएको हुँदा बीमा कम्पनीहरुको पुँजिवृद्धिको समय थप गर्न लागिएको छ।

प्राधिकरणले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउन निर्देशन दिएको थियो । यो अवधिसम्ममा अधिकांश कम्पनीले पुँजी पुर्याउन नसकेसँगै प्राधिकरणले तोकिएको पुँजी पुर्याउन थप समय दिएको हो।

जीवन बीमा कम्पनीलाई न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब अर्थात दुई अर्ब ५० करोड रुपैयाँ पुँजी तोकिएको थियो । बीमा प्राधिकरणले तोकेको समयमा जम्मा चार कम्पनीले मात्र पुँजि पुराएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स, शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मात्रै पुँजि पुराएका छन् भने बाँकिले मर्जरपछि पनि पुाजि पुराउन सकेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*