दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, एक लाख बढीले पाए १० कित्ता शेयर

८ बैशाख २०८०, शुक्रबार १५:४५

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न्न भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो अनामनगरमा शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदक मात्र शेयर पाउँनको लागि योग्य रहेको क्यापिटलले जनाएको छ । मागभन्दा बढीको आवेदन परेको योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको छ ।

गोलाप्रथा मार्फत १ लाख २७ हजार १ सय ८६ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*