नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

१७ बैशाख २०८०, आईतवार १०:२४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*