आर्थिक मन्दीका बीच सिटिजन लाइफको उल्लेख्य प्रगति, साढे आठ अर्बको जीवन बीमा कोष, मुनाफा १५ करोडमाथि

१९ बैशाख २०८०, मंगलवार ०९:५४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले देशमा जारी आर्थिक संकटका बीचमा उल्लेख्य प्रगति गर्दै बीमाको पहुँच बृद्धि गर्दै मुनाफा समेत बढाउन सफल भएको छ ।

कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा करिब साढे आठ अर्ब अर्थात आठ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ संचिती गर्न सफल भएको छ । जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ संचितीसँगै कम्पनीको कूल कोषको आकार झण्डै १० अर्ब पुगेको छ । समीक्षा अवधीमा कम्पनीका जीवन बीमा कोषको आकार ५३.०२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण हुन्छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी चार प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ५९ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आवको नौ महिने वर्षको अवधिमा खुद बीमा शुल्क आर्जन तीन अर्ब ७२ करोड ८२ लाख ८९ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीले एक अर्ब १३ करोड ८४ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

 

 

कम्पनीको व्यवस्थापन खर्च १३.३० प्रतिशतले घटेको छ । गत आवमा ५१ करोड रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको यस अवधीमा ४४ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । त्यस्तै, कम्पनीको पुँजि तथा लगानी परिचालनबाट प्राप्त आम्दानी ६१ प्रतिशतले बृद्धि भई ५१ करोडबाट बृद्धि भएर ८३ करोड ११ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यही बृद्धिका कारण कम्पनीको जीवन बीमा कोष र मुनाफा दुवै बृद्धि सम्भव भएको हो । कम्पनीले उत्कृष्ट व्यवस्थापकीय कुशलता प्रदर्शन गर्दै खर्च घटाएर लगानीबाट प्राप्त आम्दानी बृद्धि गर्न सफल भएको देखिएको छ ।

कम्पनीले तेश्रो त्रैमाससम्म कम्पनीले १५ करोड १ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्ष यो नाफा १४ करोड ६३ लाख थियो । कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भएको छ । कम्पनीले आफ्ना अभिकर्तालाई दिने कमिशनमा १८ प्रतिशत घटाएर ६० करोडबाट ४९ करोडमा झारेको छ । कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या दुई लाख ७४ हजार २१८ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*