धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ संशोधन, खुद सम्पति गणनासम्बन्धी व्यवस्था परिवर्तन

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ संशोधन गरेको छ । अन्तराष्ट्रिय स्तरमा पनि शेयर बजारलाई अनुकुल बनाउन यो निर्देशिका संसोधन गरेको हो ।
शेयरको दोस्रो बजारमा आउन चाहने कम्पनीहरुलाई अन्तराष्ट्रिय अभ्यास अनुकुल बनाउन धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गरिएको बोर्डले जनाएको छ।गत चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ’धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४’को खुद सम्पतिसम्बन्धी व्यवस्था संशोधन भएको हो ।
यस संशोधनले सेयरको दोस्रो बजारमा आउन चाहने कम्पनीलाई सहज हुने भएकाले खुद सम्पतिसम्बन्धी यस अगाडिको व्यवस्था संशोधन गरिएको हो ।प्रिमियममा आइपीओ ल्याउन चाहनेका लागि लागू नहुन भएको हो ।











