चैत्र महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३% ले बृद्धि, नेपाल लाइफको सबैभन्दा बढि, महालक्ष्मी लाइफको उत्कृष्ट बृद्धि

२० बैशाख २०८०, बुधबार १७:०८

काठमाडौं । चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३.८७ प्रतिशतले बृद्धि भएको देखिएको छ । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले सबैभन्दा धेरै २३ अर्ब भन्दा बढि प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ भने बृद्धिदरको आधारमा महालक्ष्मी लाइफ, प्रभु लाइफ, रिलायबल नेपाल लाइफ र आईएमई लाइफको उत्कृष्ट देखिएको छ ।

चालु आवको नौ महिनाको अवधीमा कूल ८३ अर्ब ७२ करोड ९५ लाख ३३ हजार रुपैयाँ नविकरण बीमा शुल्क संकलन भएको छ । गत आवको यसै अवधीमा ७३ अर्ब ५२ करोड ९४ लाख ३८ हजार रुपैयाँ नविकरण बीमा शुल्क संकलन भएको थियो ।

सबैभन्दा नविकरण बीमा शुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ परेको छ ।सो कम्पनीले २३ अर्ब १९ करोड ९५ लाख २१ हजार रुपैयाँ नविकर बीमा शुल्क संकलन गरेको छ । त्यस्तै दोस्रोमा एलआईसी नेपाल छ । सो कम्पनीले ११ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्सले आठ अर्ब ७५ करोड २९ लाख २८ हजार रुपैयाँ संकलन गरेको छ ।

 

त्यस्तै राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेर छ अर्ब, पाँचौं स्थानमा युनियन लाइफले चार अर्ब ८४ करोड, सुर्याज्योति लाइफले चार अर्ब ३२ करोड, एशियन लाइफले चार अर्ब १४ करोड, मेट लाइफले दुई अर्ब ९७ करोड रुपैयाँ नविकरण शुल्क संकलन गरेको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफले दुई अर्ब ८ करोड, प्राइम लाइफले दुई अर्ब ७५ करोड रुपैयाँ संकलन गर्दा सिटिजन लाइफले दुई अर्ब ७४ करोड, आईएमई लाइफले दुई अर्ब दुई करोड, रिलायबल नेपाल लाइफले एक अर्ब ७० करोड, सन नेपाल लाइफले एक अर्ब ५५ करोड, प्रभु लाइफले एक अर्ब नौ करोड र महालक्ष्मी लाइफले ८४ करोड रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको छ ।

 

देशमा उत्पन्न आर्थिक संकटका बीचमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क सामान्य रुपमा संकलन भएको मात्रै नभई १३.८७ प्रतिशतले बृद्धि भएको समेत देखिएको छ । यसले जीवन बीमा क्षेत्र संकटका बीचमा सामान्य अंकले बृद्धि भएको देखिएको छ । बृद्धिदरको आधारमा सबैभन्दा अगाडि महालक्ष्मी लाइफ, ५९.८४ प्रतिशत, प्रभु लाइफ ५१ प्रतिशत, रिलायबल नेपाल लाइफ ४६.४३ प्रतिशत र सिटिजन लाइफ ४६.१९ प्रतिशतले बृद्धि भएको छ ।
बृद्धिदरको आधार मेट लाइफको जम्मा २.४९ प्रतिशतले बृद्धि भएको छ भने प्राइम लाइफको ५.८७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*