जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बागमती प्रदेशपछि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा, कर्णाली प्रदेशमा सबैभन्दा थोरै

२१ बैशाख २०८०, बिहीबार ०६:१५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बागमती प्रदेशबाट सबैभन्दा धेरै बीमाशुल्क आर्जन भएको छ। बागमती प्रदेशपछि सबैभन्दा धेरै बीमाशुल्क आर्जन लुम्बिनी प्रदेशको रहेको छ । जीवन बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट मात्रै १५ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

तेस्रोमा कोशी प्रदेश रहेको छ । बीमा कम्पनीहरुले यस प्रदेशबाट १२ अर्ब ६१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।

त्यस्तै, गण्डकी प्रदेशबाट १० अर्ब ४७ करोड रुपेयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

मधेश प्रदेश, सुदूरपश्चिम, कर्णाली प्रदेशमा अन्य प्रदेशभन्दा थोरै नै बीमा भएको देखिएको छ ।नेपाल बीमा प्राधिकरणका अनुसार मधेश प्रदेशबाट ९ अर्ब ६९ करोड रुपैयाँ, सुदुरपश्चिमबाट ५ अर्ब ३२ करोड रुपैयाँ, कर्णाली प्रदेशबाट ४ अर्ब २४ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्रिएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*