अख्तियार प्रमुख प्रेम राई छानविनको दायरामा, पन्थी आयोगको प्रतिवेदन बेपत्ता पारेको आरोप

२० बैशाख २०८०, बुधबार १८:५४

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई चर्चित नक्कली भुटानी शरणार्थी काण्डमा छानविनमा पर्ने लगभग निश्चित भएको छ । उनी गृह सचिव भएको बेला घटाइएको सो घटनामा प्रमुख आयुक्त प्रेम राईको समेत संलग्नताबारे छानविनको दायरामा परेको जनाइएको छ ।

अमेरिकाले नेपालमा रहेको भुटानी शरणार्थीहरुलाई अमेरिका लगेर पुनस्र्थापना गराउने अभियानको सुरुवात गरेको थियो । सन् २०१७ मा सम्पन्न भएको भुटानी शरणार्थी पुनस्थापना कार्यक्रममा कूल एक लाख १२ हजार भुटानी शरणार्थीहरु अमेरिकासहितका ८ देशमा लगिएको थियो । अमेरिकामा मात्रै ९५ हजार ४४९ जनालाई लगिएको थियो । सो कार्यमा केही नेपालीहरुलाई पनि मिसाउने योजना थपियो । माफिया र तस्करसँगको सेटिङमा तत्कालिन गृहमन्त्रालयका सचिव प्रेम कुमार राईले सविचस्तरीय निर्णय गर्दै तत्कालिन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा छुटेका भुटानी शरणार्थी सम्बन्धी जाँचबुझ समिति बनाइयो । सो समितिले करिब ६०० जना भुटानी शरणार्थी छुटेको भन्ने प्रतिवेदन दियो । तर, सो प्रतिवेदन तत्कालिन गृह सचिव र हालका अख्तियार प्रमुख प्रेम राईले बेपत्ता बनाए र माफियाहरुले १४ जना छुटेको भन्दै प्रतिवेदन तयार पारे ।

जाँचबुझ आयोगको प्रतिवेदन बेपत्ता पार्ने कार्यमा तत्कालिन गृह सचिव तथा हालका प्रमुख आयुक्तकै संलग्नता रहेको थियो । पन्थीको कार्यदलले जाँच बुझ गरी तयार पारेको प्रतिवेदन सचिव राईलाई बुझाएका थिए । राईले सो प्रतिवेदन नै बेपत्ता पारेको गृहमन्त्रालयका अधिकारीहरुको भनाई छ । सो पछि कृत्तिम रुपमा तयार पारिएको प्रतिवेदनको आधारमा १४०० जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका तस्करी गर्ने कार्यको सूत्रपाट गरिएको थियो । सो काण्डमा गृहमन्त्रालयका तीन जना सचिवहरु प्रेम राई, महेश्वर न्यौपाने र टेक नारायण पाण्डेले कार्यन्वयन गरेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर भ्रष्टाचार निवारण भन्दा पनि सेटिङमा चलेका राईमाथि नै अब नक्कली भुटानी शरणार्थी सम्बन्धी काण्डको छानविनमा छानविन हुने भएको छ । स्मरणहोस्, यसअघिका प्रमुख आयुक्त लोकमान सिंह कार्की पनि यस्तै दर्जनौं काण्डमा परेर घोटाला गरी संसदीय समितिमै उपस्थित हुन नमानेपछि सर्वोच्च अदालतकी प्रधान न्यायाधिश सुशिला कार्कीले नियुक्ती नै अयोग्य ठहर गर्दै पदमुक्त गराएकी थिईन् । नक्कली भुटानी शरणार्थी सम्बन्धी काण्डमा परेपछि प्रेम राई पनि लोकमानकै पथमा पुग्ने त होइनन् । आम चासोको विषय बनेको छ ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारका उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भष्टाचारजन्य कार्य गर्ने जोसुकैका विरुद्धमा शून्य सहनसिलताको नीति लिँदै कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि आजै मात्रै बाहलवाला सचिव टेक नारायण पाण्डे पक्राउ परेका छन् भने पूर्व मन्त्री टोप बहादुर रायमाझीका संलग्न भिाईपी अभियुक्तका विरुद्धमा पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी काण्डमा बालुवाटार काण्ड भन्दा पनि खतरनाक अर्बौ रुपैयाँ सेटिङमा रचिएको नेपालको ठूला घोटाला काण्ड मध्येको एक मानिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*