दर्जनौं घोटाला काण्डमा मुछिएकी पूर्व प्रधानमन्त्री देउवा पत्नी आरजु राणा अन्ततः छानविनको दायरामा

२४ बैशाख २०८०, आईतवार २१:४२

काठमाडौं । नेपालमा दर्जनौं ठूला घोटाला काण्डमा संलग्न पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा छानविनको दायरामा परेकी छिन् । तत्कालिन गृहमन्त्रीकी पत्नी मञ्जु खाँड, तथा दर्जनौं घोटाला काण्डकी डिजाइनर आरजु राणा अन्ततः भ्रष्टाचार काण्डमा छानविनको दायरामा आउने भएकी हुन् ।

पछिल्लो समय चर्चामा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सेटिङको क्रममा भएको एउटा अडियो संवाद बाहिर आएको छ । उक्त अडियोमा साढे दुई करोड आरजु राणा देउवाले बुझेको छ र छ करोड रुपैयाँ बालकृष्ण खाँडको हनुमान नजिकैको घरमा उनकी पत्नी मञ्जु खाँडलाई बुझाइसकेपछि पनि काम नगरिएको उल्टै कर्मचारीको सरुवा गरेर अप्ठेरो पार्न खोजिएको र थप रकम खान खोजिएको संवाद गरिएको छ । मनिष प्याकुरेलले सार्वजनिक गरेको सो अडियो काण्डसँगै आरजु राणा पनि छानविनमा तानिएकी छिन् ।

अडियो सार्वनिक भइसकेको सन्दर्भमा बहालवाला सचिव समेत पक्राउ परिसकेको अवस्थामा आरजु राणाका विरुद्धमा समेत प्रहरीले पक्रउा पूर्जी जारी गर्ने बताइएको छ । हाल प्रहरीले सो अडियो प्राप्त गरिसकेको छ । प्रहरीले अडियो नै लुकाउन सक्ने भए देखिएपछि उजुरीकर्ताले नै सार्वजनिक गरिदिएका छन् । प्रहरी उच्च स्रोतका अनुसार आरजु राणा र मञ्जु खाँडको सम्बन्धमा प्राप्त अडियोमाथि छानविन भइरहेको छ ।

नेपाल आयल निगमको अर्बौ रुपैयाँ घोटाला काण्डमा संलग्न आरजु राणाले भारतीय आयल कर्पोरेशन आईओसीबाट समेत कमिशन खाँदै आएकी छिन् । भारतले रसियासँग सस्तोमा किनेको तेलमा करिब ४० प्रतिशत मुनाफा राखेर नेपाललाई बिक्री गर्दै आएको छ । सो काण्डमा समेत आरजु राणाको संलग्नता रहँदै आएको छ । यसअघिको सरकारको पालमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग मिलेर अर्बौ रुपैयाँ घोटाला काण्डकी मुख्य योजनाकार आरजु राणाले भ्रष्टाचारबाट संकलन गरेको रकम विदेशी छोराको खातामा लुकाएको चर्चा कांग्रेसभित्रै व्यापक रुपमा फैलिरहेको छ ।

नेपाली कांग्रेसभित्र भ्रष्टाचारीहरुको संरक्षण गर्ने, पैसा असुल गरेर भ्रष्ट नेताहरुलाई टिकट दिने कार्यमा संलग्न रहँदै आएकी आरजु राणा अब भने कानुनको फन्दामा पर्ने देखिएको छ । कांग्रेस निकट स्रोतहरुका अनुसार आरजु राणाका विरुद्धमा प्रहरीले पक्राउ पूर्जी जारी भएमा अन्य थुप्रै केसहरुको फाइल खुल्ने जनाइएको छ । स्मरणरहोस्, देश गम्भिर आर्थिक संकटमा फस्दै गएको सन्दर्भमा यतिबेला पनि आरजु राणा नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स सेटिङमा बार्गेनिङ गर्दै आएकी पात्र हुन् । पछिल्लो समय उनले अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक सल्लाहकारका रुपमा डा. विश्व पौडेललाई नियुक्त गरेर आफ्नो सेटिङको काम गराउने प्रयासमा रहेकी छिन ।

15 thoughts on “दर्जनौं घोटाला काण्डमा मुछिएकी पूर्व प्रधानमन्त्री देउवा पत्नी आरजु राणा अन्ततः छानविनको दायरामा

  1. सि बि शाहि says:

    भर्ष्टाचारि हरु विरुध्द भर्ष्टाचार रकम काे कम्तिमा १० गुणा रकम असुल वा जन्मजेल हुने गरि कानुन बनाइयाेस भन्ने धारणा व्यक्त गर्दछु ।जय नेपाल ।
    वा जन्म जेल बनाउन

  2. प्रतीक्षा उप्रेती says:

    काहा जालिस मछली आफ्नै ढाडिया एक न एक दिन आफुले आत्याचार गरेको आफ्नो कालो कर्तुतको पर्दाफास भएरै छाडछ।

  3. गगबहादुर गाेदार says:

    याे देशकाे महाहालत महाअपराधि धमिराहरुकै कारण यस्ताे भयावह स्थितिमा पुर्याई जनतालाई मर्नसमेत बाध्य बनाई रहेका छन ।यस्ताउपर सर्बश्वहरणसहित अाजिवन कैदकाे व्यबस्था हुनु अत्यान्त जरुरि छ

  4. अर्जुन के सि says:

    Curruption सम्बन्धि धेरै कुरा बाहिर आईसकेपछी छानबिनको दायरामा ल्याउनै पर्छ । चाहे जो सहकै होस । ठूलालाइ चैन सानालाइ एैन हुनु हुदैन ।

  5. B . R .TIWARI says:

    माअो बादि पनि अछुतो छैन प्रधान मन्त्रि माअो बादिकै भएको हुदा माअोबादिका भ्रष्टले उन्मुक्ति पाउने त हैनन् तेसो गरियो भने नेपाली जनताले छोडने छैनन् हेेक्का रहोस ।

  6. नारायणबहादुर बस्नेत says:

    भ्रष्टाचार गरेको फाइल लुकाइएला, सि सि क्यामेरा बिगारिएला तर जिन्दगीको असली क्यामेराले आफूले गरेको कर्तुत खिचि रहेको छ। सरकारी कामकाजमा पनि कमिसन ,तिम्रो बुढोलाई सभापति र प्रधानमन्त्री बनाउने जनमत ल्याउने कार्यकर्ता संग समेत लाखौ रूपैया लिएर टिकट वितरण गरिएको कुराले तिम्रो अब भ्रष्टाचार गर्ने खेल सकिएकै हो। अहिलेको जीवन राम्रो बनाउने कोशिष गरेको भए पुनर्जन्म पछि आउने जीवन पनि राम्रो हुन्थ्यो । तिमीलाई लाग्दा पैसा कमाई दिएकै छु छोराको भविष्य राम्रो बन्नेछ भनेर सोचेकी हौली तर भ्रष्टाचार बाट कमाएको सम्पत्तिले न तिम्रो न तिम्रो बुढाको न तिम्रो छोराको राम्रो हुन्छ ? यो त करामत ले नै बताउनेछ।
    जन्मदा सास हुन्छ नाम हुँदैन मृत्यु हुँदा नाम हुन्छ सास हुदैन, त्यही सास र नाम बीचको यात्रा नै जीवन रहेछ, जीवन भएर मात्र नहुने रहेछ त्यो जीवनलाई कसरी सार्थक बनाउने स्वयंमा भर पर्दो रहेछ यही बुझ जेलको कालो कोठीमा बस । हिजोको मान मर्यादा अरूले सकि दिएको हैन आफैले सकेकी हौ , ”
    के गर्छस मंङ्गले आफ्नै ढङ्गले”
    भन्दै पुर्पुरोमा हात लगाएर बस ,धन्यबाद
    नारायणबहादुर बस्नेत
    मेचिनगर-८ झापा

  7. बाबुराम तिवारि says:

    भ्रष्टचार मा माअोबादिपनि अछुतो छैन प्रधानमन्त्रि माअोबादिकै भएका कारण माअोबादिका भ्रष्ट हरुले उन्मुक्ति पाउनेत हैनन् तेसो गरियो भने नेपाली जनता ले टुलु टुलु हेरेेर बस्ने छैनन् हेक्का रहोस ।

  8. बाबुराम तिवारि says:

    भ्रष्टचार मा माअोबादिपनि अछुतो छैन प्रधानमन्त्रि माअोबादिकै भएका कारण माअोबादिका भ्रष्ट हरुले उन्मुक्ति पाउनेत हैनन् तेसो गरियो भने नेपाली जनता ले टुलु टुलु हेरेेर बस्ने छैनन् हेक्का रहोस ।

  9. राम चन्द कारकी says:

    इन्लाइ तुरुन्त पक्राउ गरेर त्यो लुटएकोसबै पैसा जफत गर्नु पर्छ

  10. Krishna says:

    अति नै भई सक्यो । अब कसैलाई छोड्न हुँदैन । चाहे सरकार नै किन नढालोस् । खुट्टा कमाउन पर्दैन नारायण काजी ज्यू । नेपाली जनताले साथ दिनेछन् ।

  11. Rakesh says:

    Congress haru ko bhauju ko halat

  12. समीप लाम्गादे says:

    देश र जनताको रगत पसिना चुसेर आराम आनन्द लिने र राष्ट्रलाई खोक्रो पार्ने पशुहरूलाई त मृत्यु दण्डको सजाय दिनु पर्ने हो । नियतीले हाम्रो देशको नेतृत्व यस्तै भ्रष्टाचारीहरुको हातमा हुन्छ।

  13. Amrit gautam says:

    पाटी र मान्छे हेर्नू हुदैन गल्ती गल्ती नै हुन्छ नेपाल को कानुन अनुसार कडाभन्दा कडा कामकारबाही गर्नु पर्छ !

  14. काली प्रसाद रोस्यारा says:

    न बिराउनु न डराउनु ।
    उहाँ जस्तो बौद्धिक ब्यक्तित्व त्यस्ता कुरामा लाग्नु हुन्न । सबै बिरोधिहरुका मसलाहुन ।

    1. पारु says:

      पावरमा पुगेर जान्दाे गरेकामा २ मत छ र ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*