हिमालयन लाइफको कारोबार औपचारिक रुपमा शुभारम्भ, मर्जर भएको र नभएको कम्पनीबीच फरक हुनुपर्छ :अध्यक्ष सिलवाल

२६ बैशाख २०८०, मंगलवार १९:५३

काठमाडौं । नेपाली बीमा क्षेत्रमा तीन वटा जीवन बीमा कम्पनी ऐतिहासिक रुपमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । २०७९ बैशाख २९ गते बिहिवार आपसरमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले एक वर्षको अवधीमा मर्जर प्रक्रिया पूरा गरी आजबाट हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भ गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जीवन बीमा आम जनताको जीवनमा अपरिहार्य रहेकोेले गरिब, न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बीमा व्यवसाय गर्न निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भई नयाँ जीवन बीमा कम्पनीको रुपमा हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । अध्यक्ष सिलवालले आजको घटना नेपाली जीवन बीमा कम्पनीहरुका लागि ऐहिासिक भएको बताए । अध्यक्ष सिलवालले तीन वटा कम्पनी मर्जर हुँदा ठूलो चुक्ता पुँजि भई जीवन बीमा कम्पनी थप शक्तिशाली बनेको बताए ।

वर्षदिनको मेहनतपछि प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी मिलेर सात अर्ब ७० करोड चुक्ता पुँजि भएको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी गठन गरिएको छ । अध्यक्ष सिलवालले नयाँ गठन भएको कम्पनीको प्रमाणपत्र समेत हस्तान्तरण गरेका छन् । आजै विहान बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको शपथ लिएका थिए ।

कार्यक्रममा नयाँ बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ मनोजलाल कर्णले एक वर्ष मर्जर अभियानमा सक्रिय सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा नेपालकै नम्वर वान कम्पनी बनेर बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*