एशियन लाइफको जीवन बीमा कोषमा ३६ अर्ब, अभिकर्ताले पाउने कमिशनमा कैची चलाउँदा नाफा बढ्यो

२७ बैशाख २०८०, बुधबार ०६:५९

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय अवस्था र व्यवसाय औषत देखिएको छ । जीवन बीमा कोषमा चालु आवको तेस्रो त्रैमाससम्ममा ३६ अर्ब ५४ करोडभन्दा बढि संचिती रहेको छ । गत आवको तुलनामा जीवन बीमा कोष १७.९४ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा व्यवसाय सामान्य अंकले खुम्चिएको छ । गत आवको यसै अवधीमा कूल पाँच अर्ब ११ करोड खुद बीमा शुल्क संकलन गरेकोमा चालु आवको समीक्षा अवधीमा पाँच अर्ब आठ करोड खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीको खुद दावी भुक्तानी ३२.८३ प्रतिशतले बृद्धि भएको छ । गत आवको चैत्रसम्ममा एक अर्ब १६ करोड खुद दावी भुत्ताmनी गरेकोमा चालु आवमा एक अर्ब ५४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट प्राप्त आम्दानी २८ प्रतिशतले बृद्धि भई दुई अर्ब छ करोडबाट बढेर दुई अर्ब ६४ करोड पुगेको छ । कम्पनीको व्यवस्थापन खर्च घटेर ६२ करोडबाट ५२ करोडमा झरेको छ ।

 

कम्पनीले आफ्ना अभिकर्तालाई दिने कमिशनमा घटाएको छ । गत आवमा पाँच अर्ब ११ करोड व्यवसाय गर्दा आफ्ना अभिकर्ताहरुलाई ६२ करोड रुपैयाँ कमिशन बापत वितरण गरेको कम्पनीले चालु आवमा पाँच अर्ब आठ करोड बीमा शुल्क संकलन गर्दा ५२ करोड १७ लाख रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ । गत आवको तुलनामा खुद बीमा शुल्क संकलन १ प्रतिशतले घट्दा अभिकर्ताले पाउने कमिशनमा भने १६ प्रतिशतको अन्तर देखिएको छ । तथ्याङ्कमा एशियन लाइफले आफ्ना अभिकर्ताहरुले पाउने कमिशनमा कैची लगाएको देखिएको छ ।

एशियन लाइफले आफ्ना अभिकर्ताले पाउने कमिशनमा कैची चलाएको परिणाम मुनाफामा देखिएको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा ५.८० प्रतिशतले बृद्धि भएको छ । गत आवमा १८ करोड मुनाफा गरेको कम्पनीले चालु आवमा १९ करोड ४७ लाख मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधीसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८.९३ रुपैयाँ रहेको छ भने त्यस्तै प्रतिशेयर नेटवर्थ १२३.०३ रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४४७.९२ रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*