झिनो अंकले घट्यो नेप्से, ५ उपसूचकमा हरियाली छाउँदा कारोबार ५९ करोडमा सीमित

२७ बैशाख २०८०, बुधबार १५:११

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६५ कम्पनीको १९ लाख ३७ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा जम्मा ५८ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्ला केही महिनायता शेयरबजारमा कारोबार रकम अर्ब समेत कट्न सकेको छैन । आम लगानीकर्ताहरुले आफुसँग भएको शेयर समेत होल्ड गरेर बसेका कारण शेयरबजारमा कारोबार रकम खुम्चिदै गएको हो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् ।

सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसूचक शुन्य दशमलव ६० प्रतिशत र अन्य उपसूचकको ०.७९ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*