आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२७ बैशाख २०८०, बुधबार १५:१२
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २.४३ अंकले घटेर १८४१।९३ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार घटेतासँगै एनसीसी डिभेन्चर, मन्दाकिनी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, एनआइबिएल प्रगति फण्ड लगायतका कम्पनीहरुको शेयर मूल्य घटेको छ ।