सिटी होटलको आइपीओमा ७ लाख बढीले दिए आवेदन

२७ बैशाख २०८०, बुधबार १७:५२

काठमाडौं । सीटी होटल लिमिटेडको आइपीओमा हालसम्म ७ लाख २४ हजार ६३९ जनाको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमईका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ८० करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको ८० लाख ६७ हजार ४ सय कित्ता मागका लागि आवेदन परेको हो ।

कम्पनीले १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई २०८० वैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ । होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०५ ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये १०५ अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

जारी पुँजीको ४५ अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५५ अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*