मर्जरपछि बीमा कम्पनीहरु नयाँ प्रणाली अनुसार चल्नुपर्छ : अध्यक्ष सिलवाल

२७ बैशाख २०८०, बुधबार १९:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीसँग आबद्द हुने क्लाइन्टले पर्याप्त सुविधा पाउनु पर्ने बताएका छन् ।

आइजीआई प्रुडेन्सियल इन्स्योरन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कम्पनीहरुले बीमा कम्पनीहरुले बीमितको सेवा सुविधामा ध्यान दिनुपर्ने बताए ।

साथै मर्जरपछि बन्ने कम्पनीले आफ्नो पुँजीको सहि सदुपयोग गर्नुपर्ने बताए । उनले भने, “मर्ज पछि कम्पनीहरुले अबको पुँजी प्रयोग सुशलता पुर्वक गर्नुपर्छ।” बीमा कम्पनीहरु हरेक रिस्क लिन सक्ने क्यापासिटिको बन्नुपर्छ ।”

साथै उक्त कार्यक्रममा अध्यक्ष सिलवालले लगानीकर्ताहरुले लगानी गरेअनुसारको प्रतिफल प्रतिशत पाउनुपर्ने बताए । कम्पनीहरुले अब नयाँ प्रणालीलाई प्रवर्द्धन गर्दै नयाँ ढंगबाट संचालन हुनुपर्ने बताए । अध्यक्ष सिलवालले कम्पनीहरुले अब नयाँ सिष्टमबाट पोलिसिहरु ल्याउनुपर्नेमा समेत जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*