युनाइटेड इन्स्योरेन्सको मुनाफा ४० प्रतिशतले बृद्धि, यस्तो छ इपिएस सहित अन्य सूचांक

२८ बैशाख २०८०, बिहीबार ०६:४१

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिने वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा उच्च अंकले बृद्धि भएको छ भने प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ ।

कम्पनीको व्यवसाय खुम्चिएको देखिए पनि मुनाफा भने उच्च अंकले बृद्धि भएको हो । गत आवको यसै अवधीमा ११ करोड ६६ लाख मुनाफा कमाएको कम्पनीले चालु आवको समीक्षा अवधीमा १६ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ३५.९८ प्रतिशतले घटेको देखिएको छ । गत आवमा ५९ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको नौ महिने अवधीमा ३८ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी २४ प्रतिशतले घटेर एक अर्ब २५ करोडबाट झरेर ९५ करोड ३२ लाख रुपैयाँ रहेको छ । अजोडसँग मर्जरको अन्तिम तयारीमा रहेको कम्पनीको प्रतिशेयर आम्दानी १८.६० रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १६८.१६ रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य २७९.०४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*