जीवन बीमा क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धी, एलआईसी नेपालले बनायो एक खर्बको जीवन बीमा कोष

२८ बैशाख २०८०, बिहीबार ०७:१६

काठमाडौं । नेपाली बीमा क्षेत्रमा नयाँ ऐतिहासिक रेकर्ड राख्दै एलआईसी नेपालले एक खर्बको जीवन बीमा कोष बनाउन सफल भएको छ । आज प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एलआईसी नेपालले एक खर्ब चार अर्ब ५३ करोडको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको छ ।

जीवन बीमा कोषमा एक खर्ब पुर्याउने एलआईसी नेपाल दोस्रो कम्पनी हो । यसअघि नेपाल लाइफले करिब दुई वर्ष पहिले नै जीवन बीमा कोषको आकार खर्ब पुर्याउन सफल भएको थियो । अहिले नेपाल लाइफको जीवन बीमा कोष दुई खर्बका पुग्न लागिसको छ भने अन्य कम्पनीहरुले खर्बको जीवन बीमा कोष बनाउन अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

गत वर्षको यसै अवधीमा एलआईसी नेपालको जीवन बीमा कोषमा ९० अर्ब तीन करोड रुपैयाँ संचिती रहेको थियो । कम्पनीको जगेडा कोषमा ६९ करोड र महाविपत्ति कोषमा ३६ करोड रुपैयाँ संचिती रहेको छ ।

एलआईसी नेपालले चालु आवको नौ महिनामा खुद बीमा शुल्क आम्दानी १२ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधीको तुलनामा कम्पनीको खुद बीमा व्यवसाय पाँच प्रतिशतले खुम्चिएको देखिएको छ । कम्पनीको खुद दावी भुक्तानी ६४ प्रतिशतले बृद्धि भई तीन अर्ब ९७ करोडबाट बढेर छ अर्ब ५३ करोड पुगेको छ ।

कम्पनीले उच्च व्यवस्थापकीय कुशलता प्रदर्शन गर्दै लगानीबाट प्राप्त आम्दानी २६ प्रतिशत बढाउन र व्यवस्थापन खर्च ११.३२ प्रतिशतले घटाउन सफल भएको छ । कम्पनीले गत आवमा छ अर्ब २८ करोड लगानी, बीमालेख धितोमा लगानीबाट आम्दानी गरेकोमा चालु आवमा बृद्धि भई सात अर्ब ९३ करोड पुगेको छ । त्यस्तै व्यवस्थापन खर्च एक अर्ब २९ करोडबाट घटेर एक अर्ब पाँच करोडमा झरेको छ ।

कम्पनीको खुद ६० लाखबाट बृद्धि भई आठ करोड ३७ लाख पुगेको छ । गत आवमा कम्पनीले फ्युचर बोनसका लागि गरेको प्रोभिजनका कारण मुनाफा घटेको थियो ।
कम्पनीमा हाल कायम बीमा पोलिसीको संख्या पनि छ लाख ९५ हजारबाट छ लाख ८३ हजारमा झरेको छ । एलआईसी नेपालको प्रतिशेयर आम्दानी ३.१६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९.९५ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४०८०.१० रुपैयाँ रहेको छ ।

2 thoughts on “जीवन बीमा क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धी, एलआईसी नेपालले बनायो एक खर्बको जीवन बीमा कोष

  1. कल्पना थापामगर (एजेन्ट एल.आइ.सि नेपाल) says:

    आर्थिक मन्डि बावजुत पनि निरन्तर बृदिदर भइ आफ्नाे लक्ष्यमा पुग्न सफल एल.आइ.सि नेपाल परिवार लाई बधाइ ।

  2. चन्द्रमोहन तिवारि says:

    हार्दिक बधाई ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*