प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफको चुक्ता पुँजि शतप्रतिशतले बढ्यो, अन्य वित्तिय सूचक कस्तो ?

२८ बैशाख २०८०, बिहीबार १०:४१

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले घटेको छ।गत आर्थिक बर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा २ अर्ब ६४ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीको मुनाफा भने ३५ प्रतिशतले बढेर २८ करोड ६७ लाख रुपैयाँमा कायम भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २१ करोड रुपैयाा मुनाफा आर्जन गर्न सफल भएको छ।कम्पनीको बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष गरि चालु आर्थिक बर्षमा ७ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा कोष रकम जम्मा रहेको छ।गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जम्मा कोष ५ अर्ब ३१ करोड रुपैयाँ संचित रहेको छ ।कम्पनीको जम्मा कोष गत आर्थिक बर्षको तुलनामा ४४ प्रतिशतले बढेको छ।

त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४४ प्रतिशतले बढेको छ भने लगानी, कर्जा , कमीशन र अन्य आयको रकम ६२ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।कम्पनीको व्यवस्थापन खर्च र अभिकर्ता कमीशन दुबै घटेको छ । कम्पनीको व्यवस्थापन खर्च ३ प्रतिशत र अभिकर्ता कमीशन खर्च १४ प्रतिशतले घटेको छ।

गत आर्थिक बर्षमा जारी बीमालेख २८ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।
पूर्वसन्ध्यामा कम्पनीले आफनो चुक्ता पुँजि शतप्रतिशतले बढाएको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*