एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २६ प्रशितले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२८ बैशाख २०८०, बिहीबार १०:५३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ।कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा ३८ प्रतिशतले घटेको देखिएको छ। कम्पनीले यस त्रैमासमा पुँजि वृद्धि वा अन्य वित्तिय क्षेत्रमा रकम चलाउन प्रयोग गर्दा कम्पनीको जगेडा कोषको रकम घटेको छ।

कम्पनीको कुल बीमाशुल्क आर्जन र खुद बीमाशुल्क आर्जनको प्रगती राम्रो देखिएको छ। कम्पनी खुद बीमाशुल्क आर्जन २६ प्रतिशतले बढेको देखिएको छ भने कुल बीमाशुल्क आर्जन २ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनएलजी इन्स्योरेन्स कम्पनीको खुद नाफामा सामान्य विस्तार भएको छ ।यसअवधिमा खुद नाफा ३.९० प्रतिशतले बढेर १७ करोड ७४ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा जीवन बीमा कोषको आकार र खुद बीमा शुल्क आर्जन बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।यसअवधिमा बीमा कोषको आकार ११.५२ प्रतिशतले बढेर १ अर्ब २३ करोड ८३ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
खुद बीमा शुल्क आर्जन २६.१८ प्रतिशतले बढेर ७० करोड ३९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ६७ पैसाले घटेर १६ रुपैयाँ २१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ८९ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*