हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क २६ प्रतिशतले बढ्यो, अधिंकाश सूचक सकारात्मक

२८ बैशाख २०८०, बिहीबार ११:२६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा कम्पनीले महाविपत्तिकोषको रकम १६८ प्रतिशतले बढेको देखिएको छ।

महाविपत्ति कोष कुनै आपत्तकालीन समयमा प्रयोग गर्ने गरिन्छ । नेपाल बीमा प्राधिकरणको ऐन अनुसार पनि बीमा कम्पनीहरुले अनिवार्य रुपमा यो कोषमा रकम जम्मा गनुपर्ने हुन्छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्मा कम्पनीले आफनो महाविपत्ति कोषको रकम १६८ प्रतिशतले बढाएर ५ करोड ११ करोड रुपैयाँ रकम संचित गरेको छ।

महाविपत्ति कोष बाहेक कम्पनीको बीमा र जगेडा कोष पनि वृद्धि भएको छ। कम्पनीको बीमा कोष ६ प्रतिशत र जगेडा कोष ५६ प्रतिशतले बढेको छ। तेस्रो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २६ प्रतिशतले बढेर ८९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७० करोड रुपैयाँ रहेको थियो ।

कम्पनीले यस त्रैमासको अवधिमा खुद दाबी भुक्तानी ४३ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा १८ करोड ६६ लाख रुपेयाँ खुद बीमा दाबी भुक्तानी गरेको कम्पनीले यस त्रैमाससम्मा २६ करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गर्न सफल भएको छ।यस त्रैमाससम्मा कम्पनीको कुल बीमाशुल्क आर्जन ४ प्रतिशतले छ ।

त्यस्तै, कम्पनीको मुनाफा ६ प्रतिशतले बढेर २३ करोड ७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ।गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीको जारी बीमा पोलिसी सङख्या २० प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च १४ प्रतिशतले बढेर ३१ करोड रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा छ । हिमालयन एभरेष्टले गत वर्षको वित्तीय विवरणमा मर्जरअघिको दुवै कम्पनीको पुँजी जोडेर राखेको र अहिलेको त्रैमासमा स्वापपछि कायम पुँजी राखेकाले यसको पुँजी अघिल्लो वर्षको तुलनामा सामान्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*