गाँउको वडादेखि राजधानीको सिंहदरबारसम्मका सरकारी भवनको बीमा किन भएन?: अध्यक्ष सिलवाल

२८ बैशाख २०८०, बिहीबार १२:१४

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारले गाँउको वडादेखि सहरको सिंहदरबारसम्मको बीमा नभएको बताएका छन् ।आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष सिलवालले सरकारले नै बीमाको अभ्यास नगरि आम नागरिकमा बीमाको सकारात्मक सन्देश कसरी पुराउने भन्दै प्रश्न गरेका छन् ।

उनले सरकारलाई आफनो सम्पूर्ण सम्पत्तिको बीमा किन नगराएको भन्दै प्रश्न गरेका छन् । ‘कुनै सरकारी निकायको हालसम्म बीमा छैन । सरकारले सबै आफनो रिक्स आफै निवारण गर्न सक्छ, थोरै रकममा बढी जोखिम लिने बीमाको अभ्यास सरकारले आफैले सुरुवात गनुपर्नेमा उनले जोड दिएका छन् ।अध्यक्ष सिलवालले कम्पनीहरुले बीमा कम्पनीहरुले बीमितको सेवा सुविधामा ध्यान दिनुपर्ने बताए ।

साथै मर्जरपछि बन्ने कम्पनीले आफ्नो पुँजीको सहि सदुपयोग गर्नुपर्ने बताए । उनले भने, “मर्ज पछि कम्पनीहरुले अबको पुँजी प्रयोग सुशलता पुर्वक गर्नुपर्छ।” बीमा कम्पनीहरु हरेक रिस्क लिन सक्ने क्यापासिटिको बन्नुपर्छ ।”

साथै उक्त कार्यक्रममा अध्यक्ष सिलवालले लगानीकर्ताहरुले लगानी गरेअनुसारको प्रतिफल प्रतिशत पाउनुपर्ने बताए । कम्पनीहरुले अब नयाँ प्रणालीलाई प्रवर्द्धन गर्दै नयाँ ढंगबाट संचालन हुनुपर्ने बताए । अध्यक्ष सिलवालले कम्पनीहरुले अब नयाँ सिष्टमबाट पोलिसिहरु ल्याउनुपर्नेमा समेत जोड दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*