नेपाल टेलिकममा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

२८ बैशाख २०८०, बिहीबार १५:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा आज जम्मा ५७ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल टेकिमको ३ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर २ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १ करोड ८० लाख, हिमाल दोलखा हाइड्रोपावरको १ करोड ७७ लाख र हिमालयन डिष्टिलरीको १ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*