झिनो अंकले घट्यो नेप्से, १० उपसूचक घट्दा बैकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड इन्डेक्स चम्कियो

२८ बैशाख २०८०, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता शेयर किनबेच हुँदा शेयरबजारमा जम्मा ५७ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग उपसूचक, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स उपसूचक ०.६७ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*