नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

२८ बैशाख २०८०, बिहीबार १७:२५

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल ल्यूब, ज्योती विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको १२ प्रतिशत बोनस बापतको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २५ प्रतिशत बोनस बापतको ९७ हजार ५६४ कित्ता सेयर बिहिबार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

ज्योती विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ३ प्रतिशत बोनस बापत १२ लाख ८० हजार ३२५.९९ कित्ता सेयर सूचीकृत भएको हो ।कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

One thought on “नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

  1. Jeeban tamrakar says:

    IT assistance

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*