डिजिटल वालेट खल्तीमार्फत चुहियो प्रयोगकर्ताको डाटा, तेस्रो पक्षलाई हस्तान्तरणको आशंका

२८ बैशाख २०८०, बिहीबार २२:१७

काठमाडौं । विद्युतीय भुक्तानी सम्बन्धी वालेट खल्तीमार्फत प्रयोगकर्ताको डाटा चुहिन थालेको छ । खल्तीमार्फत चुहिएको डाटा व्यापारिक कम्पनीलाई हस्तान्तरण गरेको आशंका गरिएको छ । नेपाल राष्ट्र बैंकको कमजोर नियमन र प्रभावकारी आईटी अडिट नहुँदा खल्तीले प्रयोगकर्ताहरुको तथ्याङ्क शंकास्पद तरिकाले दुरुपयोग गरिरहेको गुनासो छ ।

अहिले नेपालका जीवन बीमा कम्पनीहरुमा खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ । त्यसको लागि बीमा कम्पनीहरुको कोर बीमा सफ्टवयरमा खल्तीको एक्सेस रहेको छ । स्रोतका अनुसार खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्ने प्रयोगकर्ताहरुको डाटा अब्ट्रयाक गरेर बिक्री गर्ने गरिएको छ ।

एउटा कम्पनीका प्रयोगकर्ताहरुको विवरण अर्को कम्पनीमा पुग्न थालेपछि बीमा क्षेत्रमा खल्तीको प्रयोग शंकाको दृष्टिले हेरिएको छ । खल्ती वालेटमा सुरक्षा चुनौति पनि उत्तिकै रहेको बताइन्छ । कमजोर सर्भर, प्रभावकारी सुरक्षा संयन्त्र नभएको खल्तीमा अन्य कुनै पनि समुहले अनाधिकृत प्रवेश गरेर डाटा हत्याउने सम्भावना समेत उत्तिकै छ ।

त्यसो त खल्ती यसअघि अबैध अनलाईन जुवा खेलाउने धन्दामा संलग्न रहँदै आएको शंकास्पद डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । यसअघि तथ्य प्रमाणसहित विवरणहरु बाहिर आएको भएपनि केन्द्रीय बैंकले खल्तीमाथि कुनै कारवाही नगरेको प्रयोगकर्ताहरुको गुनासो छ ।

सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा खल्तीले कुनै पनि सूचना अधिकारी नियुक्त नगरेको पाइयो भने कम्पनीका आधिकारिक मानिसहरु सम्पर्कमा आउन चाहेनन् ।

 

खल्ती, मोरु र सिटिजन्स बैंकको संलग्नतामा अनलाईन जुवाको जालो फैलदै, कतारमा गोल हान्दा नेपालमा करोडौं झ्वाम

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*