प्रभु लाइफमा देखियो उत्कृष्ट व्यवस्थापकीय कुशलता, खुद बीमा शुल्क स्थीर हुँदा जीवन बीमा कोषमा ३८ प्रतिशतको बृद्धि

२९ बैशाख २०८०, शुक्रबार ०९:४७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा उत्कृष्ट व्यवस्थापकीय क्षमता रहेको देखिएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी सामान्य मात्रै बृद्धि हुँदा पनि जीवन बीमा कोष कोषमा ३७.९० प्रतिशतको बृद्धि हासिल गर्दै मुनाफा ३० प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले लगानीको प्रभावकारी परिचालन र खर्च नियन्त्रणको टुल्स प्रयोग गरी उत्कृष्ट नतिजा प्रकाशन गर्न सफल भएको हो ।

आज प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष तीन अर्ब ७४ करोड ४० लाख नाघेको छ । गत आवको यसै अवधीमा कम्पनीमा जम्मा दुई अर्ब ७१ करोड रुपैयाँको जीवन बीमा कोष रहेको थियो । जगेडा कोष र महाविपत्ति कोष सहित समग्र कोषको आकार चार अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

प्रभु लाइफले नौ महिने अवधीमा एक अर्ब ४६ करोड खुद बीमा शुल्क आम्दानी गरेको छ । गत आवको यसै अवधीमा एक अर्ब ४५ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आम्दानी शुन्य प्रतिशतको बृद्धि छ । त्यस्तै कम्पनीको खुद दावी भुत्ताmनी ८४.७४ प्रतिशतले बृद्धि भएको हो । नयाँ कम्पनी भएकोले सुरुवाती चरणमा दावी भुक्तानी नहुने र बित्दै जाँदा दावी भुक्तानी सुरु हुँदा ह्वात्तै बृद्धि भएको देखिएको हो । गत आवमा २७ करोड रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको नौ महिने अवधीमा ५१ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ ।

 

कम्पनीले, लगानी, कर्जा लगानी तथा बीमालेख धितोमा प्राप्त आम्दानी ५० प्रतिशतले बृद्धि गरी उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । गत आवमा २६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आवको नौ महिने अवधीमा ३९ करोड ५० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै कम्पनीको व्यवस्थापन खर्च सामान्य बृद्धि भई २५ करोडबाट बढेर २६ करोड रुपैयाँ पुगेको छ ।

प्रभु लाइफको आफ्ना अभिकर्तालाई दिने कमिशन रकम ११ प्रतिशतले घटेर २३ करोड ८० लाख रुपैयाँबाट घटेर २१ करोड नौ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खुद नाफा १० करोडबाट बढेर १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको मुनाफा ३०.६५ प्रतिशतले बृद्धि भएको छ । प्रभु लाइफमा बीमा पोलिसीको संख्या २३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८.८३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३२.१७ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३१९.३३ रुपैयाँ रहेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरको तयारीमा रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले समग्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । कर्मचारीमा रहेको मर्जरको मनोभावना र देशमा जारी आर्थिक संकटका बीचमा बीमा शुल्क आम्दानी स्थीर रहेपनि लगानी परिचालन उत्कृष्ट बनाएर कम्पनीका सिईओ सन्तोष प्रसाईले कुशल क्षमता प्रदर्शन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*