गत वर्ष घाटामा रहेको चन्द्रागिरी हिल्सको खुद नाफा ७ करोड रुपैयाँ, इपीएस कति ?

२९ बैशाख २०८०, शुक्रबार १४:१८

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म घाटा बेहोरेको कम्पनीले यस अवधिसम्म ७ करोड भन्दा बढी मुनाफा आर्जन गरेको हो ।

गत वर्षको सोही अवधिमा कम्पनी १ करोड ५८ लाख रुपैयाँले खुद घाटामा रहेको थियो । समिक्षा अवधिसम्म कम्पनीको सञ्चालन आम्दानी तथा अन्य आयमा समेत सुधार हुँदा यसको प्रभाव खुद नाफामा देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीले ६२ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी ४४ करोड ४० लाख रुपैयाँमा सीमित थियो । कम्पनीका कर्मचारीहरुको सुविधाखर्च तथा प्रशासनिक र अन्य खर्च बढ्दा समेत चन्द्रागिरीले खूद नाफाले बढाउने सफलता पाएको हो ।

कुल १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिजर्भ भने ३० करोडले ऋणात्मक छ । अघिल्लो वर्षको यही अवधिसम्म ४३ करोडले ऋणात्मक थियो । नाफा बढ्दा यसको सकारात्मक प्रभाव वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा पनि देखिएको छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिमा १.०३ रुपैयाँले नेगेटिभ रहेको इपीएस अहिले भने ५ रुपैयाँ ७ पैसा पुगेको छ ।

सेयरधनीको सेयर पूँजीकोषको प्रतिफल ०.०६ प्रतिशत, ऋण पूँजीको अनुपात १.८४ प्रतिशत, प्रतिसेयर नेटवर्थ ७९.९३ रुपैयाँ, पीई रेसियो २२७.१७ गुणा कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*