सगरमाथा लुम्बिनी इन्स्योरेन्स खुद बीमाशुल्क आम्दानी ५ प्रतिशतले बढ्यो, मुनाफा कति ?

३० बैशाख २०८०, शनिबार ०९:५३

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिकमा कम्पनीको मुनाफा सामान्य अंकले मात्रै बढेको छ।

त्यस्तै, खुद बीमाशुल्क आम्दानी पनि सन्तोषजनक गर्न सकेको छैन । कम्पनीको मुनाफा ३ प्रतिशतले बढेकोे छ भने खुद बीमाशुल्क आर्जन ५ प्रतिशतले बढेको छ ।

कम्पनीले यस त्रैमासको अवधिमा आफनो खुद बीमाुल्क आर्जन ५ प्रतिशतले बढाएर १ अर्ब ३ करोड ४५ लाख रुपैयाँ पुराउन सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको नाफा ३ प्रतिशतले वृद्धि भएर २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत अािर्थक बर्षको सोहि अवधिमा कम्पनीले २८ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

यस त्रैमासमा कम्पनीको चुक्ता पुँजि २ अर्ब ६२ करोड रुपैयाँ जगेडा कोषमा ८३ करोड ७९ लाख रुपैयाँ रकम संचिती रहेको छ ।

यस त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ९८ पैसा र प्रति शेयर नेटवर्थ २२२ रुपैयाँ ५६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*