बीमा प्राधिकरण र बीमक बीचको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न, प्रकाश विक्रम खत्रीको ह्याट्रिक, जावलाखेल मैदानमा ११ गोल

३० बैशाख २०८०, शनिबार १८:३३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा प्राधिकरणका कर्मचारी र बीमा कम्पनीका कार्यरत कर्मचारीहरुबीचको मैत्रीपूर्ण खेल आज सम्पन्न भएको छ । बिजयी टिमलाई अध्यक्ष सूर्य प्रसाद सिलवालले ट्रफी तथा पदक वितरण गरेका छन् ।

दुई समुहमा भएको दवावपूर्ण खेलमा बीमा प्राधिकरणले जुनियर र सिनियर दवै टिम बीमा कम्पनीतर्फको टिमसँग क्रमशः ६–२ र ५–१ को अन्तरले पराजित भएको छ । सिनियर टिमको खेलमा प्रकाश विक्रम खत्रीले ह्याट्रिक गर्न सफल भएका छन् ।

जावलाखेलस्थित सेन्टमेरिज स्कूलको मैदानमा भएको मैत्रीपूर्ण सिनियर टिमबीचको फुटबल खेलमा बीमक कम्पनीको तर्फबाट खेलेको टिमले नियामक बीमा प्राधिकरणको टिममाथि पाँच गोलले पराजित गर्न सफल भएको छ । बीमा कम्पनीहरुको तर्फको टिमले दवावपूर्ण खेल खेलेको खेलमा सूर्य ज्जोति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री एक्लैले तीन गोल गर्न सफल भएका थिए । त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ सन्तोष प्रसाईले दुई गोल गरेका थिए । रोमाञ्चक खेलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल नै सहभागी थिए । यद्यपि अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक पौडेलले गोल भने गर्न सकेनन् ।

उक्त खेलमा प्राधिकरणमा उप निर्देशक राजेन्द्र महर्जन घाइते भएका थिए । जावलाखेलस्थित विद्यालयको मैदानमा भएको सो खेलमा सिटिजन लाइफका सिईओ पोषकराज पौडेल गोलकिपरको भूमिका थिए । बीमा प्राधिकरणको सिनियर टिममा ध्रुव तिमल्सिनाले गोलकिपरको भूमिका निभाएका थिए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्र डिफेन्समा उत्रिएका थिए भने नेपाल लाइफका सिईओ प्रविरण रमण पराजुली मिड फिल्डिङमा डिफेन्स र प्रहार दुवै भूमिकामा देखिएका थिए । खेलमा बीमा प्राधिकरणका उप निर्देशक ध्रुव तिमिल्सिनाले प्राधिकरणको लागि राम्रो बचाउ गरेका थिए ।

जुनियरहरुको खेलमा पनि बीमा प्राधिकरण बीमक टोलीसँग ६–२ गोल अन्तरले पराजित हुन पुगेको छ । बीमा प्राधिकरणको तर्फबाट देवेन्द्र धिताल र विशाल त्रितालले एक–एक गोल गर्न सफल भए पनि टिमले राम्रो प्रदर्शन गर्दा गर्दै आफ्नो पक्षमा नतिजा भने ल्याउन सकेन । बार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित खेलमा सूर्यज्योति लाइफका डेपुटी सिईओ पवन कुमार खड्काले सर्वाधिक दुई गोल गर्न सफल भएका थिए । खेलमा बिशाल बरामले एक गोल, निरञ्जन रेग्मीले एक गोल, कपिल आचार्यले एक गोल र प्रज्वल सायमीले एक गोल सहित कूल छ गोल गरेका थिए ।

यसैबीच, आज सोही खेल मैदानमा महिला टोलीबीचमा सम्पन्न डोरी तान्ने खेलमा जीवन बीमा समुह बिजयी भएको छ । त्यस्तै निर्जीवन बीमा समुह दोस्रो भयो भने बीमा प्राधिकरणका कर्मचारी समुह तेस्रो हुन पुगेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*