बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सवमा आयोजित खेलकूदका बिजयी टिमलाई ट्रफी तथा पदक वितरण सम्पन्न

३० बैशाख २०८०, शनिबार १८:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकूल प्रतियोगिता बिजयी टिमलाई प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सिल्ड तथा पदक वितरण गरेका छन् । नेपाल बीमा प्राधिकरणले यही जेठ १ गते ५५ औं बार्षिकोत्सव मनाउँदैछ ।

आज जावलाखेलस्थित फुटबल सेन्टमेरिज स्कूलमा आयोजित फुटबल प्रतियोगितापछि बिजयी टिमलाई ट्रफी तथा पदक वितरण गरिएको हो । फुलबलमा उत्कृष्ट हुने टिमको तर्फबाट प्रकाश विक्रम खत्री सहितका टोलीलाई सिल्ड तथा मेडलद्धारा सम्मानित गरेका छन् । त्यस्तै, अध्यक्ष सिलवालले जुनियर टिमलाई पनि शिल्ड तथा पदकमार्फत सम्मान गरेका छन् ।

बीमा प्राधिकरणले बार्षिकोत्सवको अवसरमा आयोजित ब्याडमिन्टन पुरुषतर्फ उत्कृष्ट निर्मल अधिकारी, द्धितिय विवेक जोशी र तेस्रो हुने बिशाल त्रिताललाई अध्यक्ष सिलवालले सिल्ड तथा पदक हस्तान्तरण गरेका छन् । पुरुष डबलतर्फ निर्मल अधिकारीकै टिम प्रथम भएको थियो भने अध्यक्ष सिलवालको टिम द्धितिय भएको थियो । त्यस्तै, विशाल र विवेकको टोलीले तेस्रो उपाधी जितेको थियो । त्यस्तै, महिला ब्याडमिन्टनमा प्रथम हुने पुष्पा कुँवर, द्धितिय हुने प्रिती देव र तृतिय हुने कविता पाण्डेलाई पनि पदक तथा शिल्ड प्रदान गरिएको छ । महिला डबलतर्फ प्रिति देवको टोली प्रथम भयो भने सविता थापाको टोली द्धितिय र पुनम ज्ञवालीको टोली तृतिय भएको थियो ।

बार्षिकोत्सवकै अवसरमा बीमा प्राधिकरणमा आयोजित चेस प्रतियोगितामा हृदयराज पण्डितले चेस मास्टरको उपाधी हात पारेका छन् । उनले ट्रफी र पदक प्राप्त गरेका छन् । चेसमा विशाल त्रिताल द्धितिय भए भने सुशिलदेव सुवेदी तृतिय भएर पदक प्राप्त गरेका छन् ।

बार्षिकोत्सवमा आयोजित खेकूल प्रतियोगितामा बीमा कम्पनीहरु र बीमा प्राधिकरणका करिब ३०० भन्दा बढि कर्मचारीहरु सहभागी रहेका थिए । खेलकूद प्रतियोगिताले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु र बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुमा अन्तरघुलन तथा आपसमा सौहार्दता र भाइचारा सम्बन्ध विकासमा अझै योगदान पुगेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*